ताराखोला गाउपालिकाका २ वडाहरुमा सर्वदलीय बैठक सम्पन्न

खगेन्द्र विश्वकर्मा गल्कोट ताराखोला २०७४ बैशाख २८ । ताराखोला स्थित दुर्गा भवानी माविमा बसेको सर्वपक्षिइ बैठकमा बैशाख ३१ गते हुने चुनावलाई सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्नकालागि आवश्यक तयारिको लागि सबै पक्षले सहयोग गरि सौहार्दपुर्ण गराउने सहमति भएको छ ।

दुर्गा भवानी माध्यमिक विदलयको केन्द्र क र केन्द्र ख गरि दुई बुथमा मतदान संचालन हुने भएको छ ।

मतदात परिचय पत्र २८ गते बाट ३० गते सम्म वितरण गरिने निर्वाचन अधिकृत पुर्णराज रेग्मी जानकारी दिए ।

शारीरिक अपांग भएकोलाई सहयोगीले मतदान गर्ने व्यवस्था गर्ने गरि सहजिकरण गर्ने रेग्मीले बताए ।

बैठकमा क्रियाशील राजनिती दलको तर्फबाट माओवादी केन्द्रका नारायण घर्ती , नेपाली काँग्रेसका प्रतिनिधि नन्दलाल सुवेदी, नेकपा एमालेका धनप्रसाद बुढा लगाएतको सहभागित रहेका थियो । बैठकमा स्थानीय समाजसेवी संघसंस्था, शिक्षक लगायतको उपस्थिति रहेको थियो ।

यसैवीच वडा नं ४ को सर्वपक्षीय बैठक नेपाल मावि तारामा सम्पन्न भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *