नेपाली काँग्रेसको चुनावी अभियान सदरमुकाम, बलेवा, गल्कोट देखी निसीभूजी सम्म

छविलाल पाण्डे, बागलुङ २०७४ बैशाख २७ । नेपाली काँग्रसको निसी गाँउपालीकामा र्याली सहित चुनावी सभा सम्पन्न भएको छ । आसन्न स्थानीय तहको निर्वाचनमा आफनो जित सुनिश्चत गर्ने उदेश्य सहित वडा नँ ३ मा चुनावी सभा सम्पन्न भएको हो ।

नेपाली काँग्रेस महाधिबेशन प्रतिनीधि तुलासिँह घर्तिको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथीका रुपमा केन्द्रिय सदस्य धनराज गुरुङले सम्बोधन गरेका थिए । उहाँले बोल्दै नेपाली काँग्रेस लोकतन्त्र र राष्ट्रलाई गतिशिल बनाउने पार्टी भएको बताउँदै झुटको खेति गरेर जनतालाई लोभ्याउने दलसँग सतर्क रहन आब्ह्वान समेत गरे ।

उनले सँबिधान निर्माण देखि शान्ती स्थायित्व र बिकास निर्माणमा जनताको घरदैलोमा पुगिरहेको पार्टि नेपाली काँग्रेस भएका कारण आफनो पार्टीका उमेद्वारलाई बिजयी गराउन आब्ह्वान समेत गरे । त्यस्तै कार्यक्रमका क्षेत्र नँ ३ का क्षेत्रिय सभापती दोर्ण कुमार कुँवरले बोल्दै जनताको रोजाईको पार्टी नेपाली काँग्रेस भएको र अबको निकास र बिकास पनी नेपाली काँग्रेसलेनै गर्ने भएका कारण आफनो गाँउ वडा नगरमा उठेका उमेदवारलाई बिजयी गराउन अपील गरेका थिए ।

निसी गाँउपालिका प्रमुख पदका उमेद्वार तारानाथ पौडेल, उपप्रमुख पदका उमेदवार सोभा कार्किले बोल्दै आशन्न स्थानीय तहको निर्वाचनमा आफनो जित भएमा गाँउ पालीकालाई नमुना बनाउने अभियानमा जुट्दै जनताका हक अधिकार र स्थानीय स्तरको बिकासमा सक्रिय पुर्वक लाग्ने बताउँदै आफुहरुलाई मतदान गरी बिजयी बनाउन आब्ह्वान गरेका थिए ।

यसैगरी नेपाली काँग्रसेको तमान गाँउपलीकाको बोङगादोभानमा र्याली सहित चुनावी सभा सम्पन्न भएको छ । नेपाली काँँग्रेसका तमान गाँउ पालीकाका सह सम्योजक सुरेन्द्र छन्तयालको अध्यक्षतामा भएको कार्यक्रममा नपाली काँग्रेस भुपु जिल्ला सदस्य खड्क बहादुर पुनको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा गाँउपालीका प्रमुख पदका उमेदवार जोकलाल बुढा उपप्रमुख पदका उमेदवार मानसरी शेरचनले बोल्दै तमान गाँउ पालीकाको बिकास र स्थानीय जनताको अधिकार स्थापित गर्नका निम्ती आफुलाई बिजयी गराउन आग्रह गरेका थिए ।
त्यस्तै खड्क बहादुर पुनले लोकतन्त्र र बिकास निर्माणमा नेपाली काँग्रेसको महत्वपुर्ण हात रहेका कारण नेपाली काँग्रेस पार्टिका उमेदवारलाई बिजयी गराउन आग्रह गरे ।

यसैवीच नेपाली काग्रेस जैमिनी नगरपालिका वडा नं ७ मा चुनावी सभा तथा घरदैलो कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा बोल्दै नेपाली काग्रेस जैमिनी नगरपालिका प्रमुख पदका उम्मेद्वार इन्द्रराज पौडेलले गरिवी निरावरण र समृद्ध जैमिनीका लागि आफ्नो उम्मेद्वारी रहेको भन्दै नेपाली काग्रेसको रुख चिह्नमा मतदान गरी विजयी गराउन मतदातालाई समक्ष आग्रह गरेका छन ।
त्यस्तै नेपाली काग्रेस नगर उपप्रमुख पदका उम्मेद्वार कौशिला देवी विकले सम्पूर्ण महिला तथा दलित र पिछडिएका बर्गहरुको अधिकार प्राप्ति र उत्थानका लागि आफुले उम्मेद्वारी दिएको बताईन ।

चुनावी आमसभामा सांगीतिक प्रस्तुती समेत रहेको नेविसंघ सचिव श्रीकृष्ण पौडेलले बताए ।

उता काठेखोला गाउपालिका वडा नं १ पाला र धिमीमा चुनावी सभा सम्पन्न भएको छ । सो अवसरमा नेपाली काग्रेस काठेखोला गाउपालिकाका प्रमुख उम्मेद्वार होमबहादुर हमालले समृद्ध काठेखोला निर्माण सँगै कृषि, पशुपालन, शिक्षा, यातायात, संचार,घरेलु उद्योग, सहकारी लगायतका विकास निर्माण गर्ने आफुसँग स्पष्ट खाका भएको हुँदा नेपाली काग्रेसको चुनाव चिह्न रुखमा मतदान गर्न मतदाता समक्ष आग्रह गरेका थिए ।

त्यस्तै नेपाली काग्रेस काठेखोला नगर उपप्रमुख उम्मेद्वार ज्ञानकुमारी शर्मा श्रीसले महिला सशक्तिकरण र अधिकार प्राप्ति सँगै आधुनिक काठेखोला निर्माणका लागि आफु र आफ्नो टिमलाई निर्वा्चित गर्न आग्रह गरिन ।

सदरमुकाम रहेको बागलुङ नगरपालिकाका मेयर तथा उपमेयरका उमेद्वार व्दय बसन्तकुमार श्रेष्ठ तथा सकुन्तला शर्मा लगायत अन्य पदका प्रत्यासीहरु सहितको टोलीले विभिन्न वडाहरुमा प्रचार अभियान सम्पन्न गरेको छ । यसै सिलसिलामा बुधबार वडा ३ को जिपपार्क, धवलागिरीचोक, लोकतान्त्रिक चोक, हल्लनचोक त्यस्तैगरी मुलपानी, ओडारचौर, कुँडुले, मालिका र काप्रेमा घरदैलो अभियान सम्पन्न गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *