रुख चिन्ह लिएर प्रमुखमा लड्ने माओवादी केन्द्रका उमेद्वार थापामाथी बोत्तल प्रहार

बागलुङ २०७४ बैशाख २७ । बागलुङ जिल्लाको बरेङ गाउँपालिकामा नेपाली काँग्रेसको चुनाव चिन्ह रुख लिएर नेकपा माओवादी केन्द्रबाट गाउपालिकाको प्रमुख पदका उम्मेदवार बनेका प्रदिप थापामगर माथि आफ्नै कार्यकर्ताले वियरको बोतलले प्रहार गरेका छन् । बोतल प्रहारबाट उनी सामान्य घाईते भएको बताईएको छ ।

आफनै कार्यकर्ताबाट प्रमुख पदका उमेदवारमाथि सांघातिक आक्रमण भएको यो नै जिल्लाको पहिलो घटना हो ।

आज अपरान्ह बरेङ गाउपालिकाको साविक हुग्दिशिर गाविसको बाराकोट शेरागाउँको चौतारीमा नेपाली काँग्रेस र माओवादी गठवन्धनबाट प्रमुख पदका उमेदवार प्रदिप थापाको चुनावी सभा भैरहेको अवस्थामा पार्टी निर्णय बिपरित नेपाली कांग्रेस सँग गठवन्धन गरेर रुख चिन्ह लिएर चुनावमा उठेपछी असन्तुष्ट बनेका उनकै कार्यकर्ता रतन कालामगर सहितको समूहले शिरको पछाडी भागमा बोतल प्रहार गरेको श्रोतले भन्यो ।

टाउकोमा सामान्य चोट लागेका थापा उपचार पछि प्रचारमा रहेका बरेङ गाउपालिका उपप्रमुख पदका उम्मेद्वार विष्णु बस्नेत खत्रीले बताए ।

घटनाको अनुसन्धानका भैरहेको प्रहरीले जनाएको छ । घटनाको विषयमा गम्भिर अनुुसन्धान भैरहेको र फरार रहेका व्यक्तिको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालर्यलय बागलुङका प्रहरी उपरिक्षक चन्द्रकुवेर खापुङले वताए ।

थापा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा तत्कालीन एकिकृत माओवादीका पोलिटब्युरो सदस्य लिलबहादुर थापाका छोरा हुन् भने उनिमाथी बोतल प्रहार गर्ने रतन कालामगर माओवादी केन्द्रकी स्थानीय महिला नेतृ चिनीमायाँ कालामगरको नातामा भतिजा पर्छन् ।

टिकट र पार्टी निर्णय बिपरित मनोमानी ढङ्गले अध्यक्षमा उम्मेदवारी दिएर इमान्दार नेता कार्यकर्ताको भावनामा खेलवाड गरेकाले त्यही आक्रोश व्यक्त गरेको आक्रमणमा सम्लग्न माओवादी कार्यकर्ता बताएका छन् ।

चिनीमायाँ कालामगर पार्टीले टिकट नदिएपछी उपप्रमुख पदमा स्वतन्त्र उमेदवारी दिएर चुनावी मैदानमा छन् । पार्टीले उनलाई उपप्रमुखमा उमेद्वारी दर्तागर्न दिएको अनुमोदन पत्र प्रमुखका उमेदवार प्रदीपले लुकाई दिएकाले उनी स्वतन्त्ररुपमा उमेदवारी दिएको बताईएको छ ।

कुरा के छ भने, प्रमुखका उमेदवार थापा नेतृत्वको प्यानलमा उपप्रमुख देखी सबै वार्डका अध्यक्ष र सदस्यमा कांग्रेसका उम्मेदवार छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *