राजमोका उमेद्वार नेतिकवान, ईमान्दार भएकाले राजमोलाई मतदान गर्न थापाको आग्रह !

तिलक बुढा, बुर्तिवाङ २०७४ बैशाख २७ । ढोरपाटन नगरपालिकाको वडा नं. ४ खुँगामा बुधवार राष्ट्रिय जनमोर्चाको चुनावी सभा सम्पन्न भएको छ ।
चुनावी सभालाई राष्ट्रिय जनमोर्चा बागलुङ जिल्ला अध्यक्ष अमर थापाले प्रमुख बक्ताका रुपमा संबोधन गर्दै राष्ट्रियता, गणतन्त्र र संविधानको कार्यान्यन र संस्थागत विकासका लागि तथा स्थानीय विकासमा अनुशासित जनप्रतिनिधि छान्न राष्ट्रिय जनमोर्चालाई नै मतदान गर्न आग्रह गरे ।

कार्यक्रममा बोल्दै अध्यक्ष थापाले, जनताको काम गर्ने मान्ने नैतिकवान, लोभ लालच नभएको भ्रष्टाचार नगर्ने, जनताको दुख सुखमा सहकार्य गर्न सक्ने सक्षम नैतिकवान उमेदवार अरु पार्टीमा भन्दा राष्ट्रिय जनमोर्चाका उमेदवारहरु भएकाले उनीहरुलाई मतदान गर्न आग्रह गरे ।

कार्यक्रममा ढोरपाटन नगरपालिकामा राष्ट्रिय जनमोर्चाका तर्फबाट मेयर पदका उमेदवार गौरीश्वर पाण्डेले, अहिलेको निर्वाचन भनेको स्थानीय सरकार बनाउने निर्वाचन भएकाले सामाजिक क्षेत्रमा अनुशासित उमेदवार चयन गर्न जनता सचेत हुनुपर्ने बताए ।

पाण्डेले ढोरपाटन नगरपालिकाको समग्र विकास र जनहितका पक्षमा लाग्ने जनप्रतिनिधि राष्ट्रिय जनमोर्चाले मात्र ल्याएको भन्दै राजमोको गिलास चिन्हमा मतदान गर्न आग्रह गरे ।

यस्तै कार्यक्रममा राष्ट्रिय जनमोर्चाका तर्फबाट उपमेयर पदका उमेदवार दुर्गादेवी घर्तिले, सक्षम महिला नेतृत्वका लागि आफूलाई मतदान गर्न जनतालाई अनुरोध गरेकी छिन् ।

यस्तै कार्यक्रममा ढोरपाटन नगरपालिकाको वडा नं. ४ खुँगाको समग्र विकास निर्माणमा आफूले निस्वार्थ भावले सामाजिक काम गरिरहेको देखेका जनताले यस पटक वडा अध्यक्ष पदमा आफूलाई मतदान गर्न राष्ट्रिय जनमोर्चाका तर्फबाट वडा अध्यक्ष पदका उमेदवार तिलक पुनले बताए ।

खुँगाको सडक निर्माण, खानेपानी, भौतिक पूर्वाधार विकास लगायतका जनताको दैनिकीसँग आफूले निरन्तर सहकार्य गर्दै आएको भन्दै पुनले, भोलीका दिनमा पनि यसको निरन्तरताका लागि बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा आफुलाई मतदान गर्न अनुरोध गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव धर्मबहादुर कुवँरले विशिष्ट अतिथिका रुपमा बोलेका थिए ।

यस्तै त्यस वडाका अरु वडा सदस्य पदका उमेदवार लगायतको पनि सहमागिता रहेको थियो ।

कार्यक्रम राष्ट्रिय जनमोर्चा ढोरपाटन नगर समन्वय समितिका सदस्य बलबहादुर बुढाथोकीको अध्यक्षता, हङकङ नेपाली एकता समाजका अध्यक्ष शक्तमान बुढाथोकीको स्वागत मन्तव्य र अखिल छैठौंका जिल्ला उपाध्यक्ष दिलिप बुढाथोकीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *