गल्कोट नगरपालिकाको विकासका लागी नेपाली काँग्रेसको जीत आवश्यक-केस कार्की

गुमानसिँह भण्डारी, गल्कोट २०७४ बैशाख २७ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्वमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले कांग्रेसको ध्यान अब आर्थिक समृद्धिमा केन्द्रित हुने बताएका छन् ।

नेपाली कांग्रेस गलकोट नगर कार्यसमितिद्वारा आयोजित चुनावी आमसभामा बोल्दै केन्द्रीय सदस्य कार्कीले यस्तो बताएका हुन् ।

चुनावी सभालाई सम्वोधन गर्दै नेता कार्कीले स्थानीय तहको निर्वाचन गरे मात्र देशले निकास पाउने भन्दै अबको मिसन भनेको राष्ट्रको विकास र समृद्धि रहेको उनका् भनाई थियो ।

कार्कीले गलकोटको बिकासका लागी नेपाली काग्रेसले जित्न आवश्यक भएको बताउदै गलकोट सँगै सम्पूर्ण देशको विकासमा काग्रेसको महत्वपुर्ण भुमिका रहने प्रष्ट पारे । उनले देशको विकास र निकासमा कांग्रेसले नै नेतृत्व लिन लाग्ने भन्दै आम जनताहरु राष्ट्र निर्माणमा जुट्नु पर्ने धारणा राखे ।

कार्यक्रममा पुर्व सांसद नर बहादुर पुन निरज, नेपाली काग्रेस गलकोट नगरपालिकाका मेयर पदका उमेद्धार भरत शर्मा गैरे, उपमेयरका उमेद्धार रेनुका काउचा लगायतले बैशाख ३१ गते हुने निर्वाचनमा नेपाली काग्रेसलाई मत दिन आग्रह गरेका थिए ।

कार्यक्रम नेपाली काग्रेस गलकोट नगरपालिकाका संयोजक नारायणध्वज मल्लको अध्यक्षता, चुनाव परिचालन समितिका संयोजक फम बहादुर खत्रीको स्वागत मन्तब्य र महाधिबेसन प्रतिनिधि यम श्रीसको सञ्चालनमा सम्पन्न भएको थियो ।

सो अवसरमा गलकोट नगरपालिका वडा नम्बर १, २, ३ र ४ बाट अन्य पार्टीका कार्यकर्ताहरु काग्रेसमा प्रवेश गरेका थिए । प्रवेश गर्नेमा नेकपा माओबादी केन्द्र गलकोट नगरपालिका वडा नम्बर १ का क्रियाशील सीताराम पुनलाई कार्यक्रममा भव्य स्वागत गरिएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *