हिमाली जिल्ला मुस्ताङमा तीन दल र स्वतन्त्र बिच चतुष्कोणीय चुनावी प्रतिस्पर्धा

बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकामा उपप्रमुखका उमेद्वारमा डोका र ढिँकी

केशव बि.क. मुस्ताङ २०७४ बैशाख २७ । आगामी बैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचनमा हिमाली जिल्ला मुस्ताङका पाँच गाउँपालिकामा तीन ठुला राजनीतिक दल नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र स्वतन्त्र उम्मेदवार बिच चर्काे प्रतिस्पर्धा हुने देखिएको छ । तीन राजनीतिक दल र स्वतन्त्र प्रभावशाली उम्मेदवारहरु गाउँपालिकाको प्रमुख पदका लागि निर्वाचनमा होमिएका छन् ।

जिल्लाको सदरमुकाम रहेको घरपझोङ गाउँपालिकाबाट प्रमुखको दाबेदारको रुपमा नेपाली कांग्रेसबाट विजय हिराचनले उम्मेदवारी दर्ता गराएका छन भने नेकपा एमालेबाट आस बहादुर थकाली र माओवादी केन्द्रबाट दिनेशलाल थकाली प्रमुखका दाबेदार हुन् । महेन्द्र थकालीले पनि प्रमुख पदमा आफ्नो उम्मेदवारी दिएका छन् । गाउँपालिकाको उपप्रमुखमा काँग्रेसबाट पुष्ष भट्टचन शेरचन, एमालेबाट शर्मिला गुरुङ र स्वतन्त्र उम्मेदवार सुकुन रसाइलीले चुनाव लडने भएका हुन् ।

त्यसैगरी मुस्ताङको तल्लो क्षेत्रको थासाङ गाउँपालिकाबाट नेपाली काँग्रेसको तर्फ देखि बुद्धि प्रसाद शेरचन, एमालेबाट नविन भट्टचन र माओवादी केन्द्रबाट बिशाल बि.क. ले प्रमुख पदको लागि चुनाव लडने भएका छन् भने गाउँपालिकाको उपप्रमुखका लागि कांग्रेसबाट बालकुमारी शेरचन र स्वतन्त्र उम्मेदवार कोरीसा बि.क.ले उम्मेदवारी दर्ता गराएका छन् ।

बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकामा नेपाली कांग्रेसबाट फेन्चोक छेप्तेन गुरुङ, एमालेबाट रमेश गुरुङ प्रमुखका दाबेदार हुन् । त्यस्तै उपप्रमुखमा कांग्रेसबाट डोका गुरुङ र एमालेबाट ढिकी गुरुङको उम्मेदवारी छ ।

उपल्लो मुस्ताङको दालोमे गाउँपालिकामा कांग्रेसबाट तेन्जिङ छिरिङ गुरुङ र स्वतन्त्र उम्मेदवार लोक्साङ छोम्फेल गुरुङको प्रमुखको लागि प्रतिस्पर्धा हुने देखिन्छ । उपप्रमुखमा कांग्रेसबाट काचाङ छुटेन गुरुङ र एमालेबाट ढोका गुरुङ प्रतिस्पर्धी हुन् ।

रलोमान्थाङ गाउँपालिकामा प्रमुख पदका लागि कांग्रेसबाट सुवर्णकुमार विष्ट, माओवादी केन्द्रबाट घ्युर्मि वाङगेल विष्ट र स्वतन्त्र उम्मेदवार इन्द्रधारा विष्ट चुनावी मैदानमा छन् । त्यस्तै उपप्रमुखमा कांग्रेसबाट पेमा डोल्मा विष्ट र एमालेबाट पासाङ डोल्गर गुरुङले उम्मेदवारी दर्ता गराएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *