पोखरामा महिला पत्रकारका लागि मतदाता शिक्षा कार्यक्रम

कविता घर्तीमगर, पोखरा २०७४ बैशाख २७ । क्रियाशील पत्रकार महिला (डब्लु डब्लु जे )कास्कीले स्थानिय तहको चुनबलाइ केन्द्रित गरि महिला पत्रकारका लागि मतदाता शिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।

पत्रकारहरुले आफूले संचार माध्यम मार्फत आम समुदायमा सूचना प्रवाह गर्ने हुदा पत्रकारहरुले नै पूर्ण जानकारी नपाएको अवस्थामा सही सूचना नजाने हुदा पत्रकारहरुलाई मतदाता शिक्षा सम्बन्धी जानकारी दिन आबश्यक रहेकोले कार्यक्रमको आयोजना गरिएको क्रियाशील पत्रकार महिला (डब्लु डब्लु जे )कास्की का अध्यक्ष सरिता तिम्सीना पगेनीले जानकारी दिइन ।

पत्रकारहरुलाई तालिम दिंदा आम समुदायमा मतदात शिक्षालाई व्यापक रुपमा फैलाउन सहज हुने र भ्रमपुर्ण जानकारी प्रवाह हुने संभावना पनि कम रहने उनको भनाइ थियो ।

क्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सुषमा पौडेलले कार्यक्रमम सिकेको कुरालाइ संचार माध्यम मार्फत प्रचारप्रसार गर्न आग्रह गरिन ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले मतदाता शिक्षालाइ संचार माध्यमहरुले अभियानकै रुपमा संचालन गर्नु पर्नेमा जोड दिएका थिए । संचारीका समुह पश्चिमाञ्चलका अध्यक्ष जमुना शर्मा बर्षाले बदर मत घटाउनका लागि मतदाता शिक्षा कार्यक्रमले महत्वप«ुर्ण भुमीका खेल्ने बताइन ।

कार्यक्रमलाइ क्रियाशील पत्रकार महिला (डब्लु डब्लु जे )कास्की का अध्यक्ष एबं जिल्ला मतदाता अधिकार मञ्चका सरिता तिम्सीना पगेनी र संचारीका समुह पश्चिमाञ्चलका अध्यक्ष एबं जिल्ला मतदाता अधिकार मञ्चका सचिब जमुना शर्मा बर्षाले सहजीकरण गरेका थिए ।

कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिकाका बिभिन्न संचार माध्यममा आबद्ध ५० जना पत्रकार महिलाहरुको सहभागीता रहेको क्रियाशील पत्रकार महिला (डब्लु डब्लु जे )कास्कीका उपाध्यक्ष शिला गुरुङले जानकारी दिइन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *