डुँडेलेक म्याराथुन दौड सहित मिरमिरे युवा क्लवले बार्षिक उत्सव मनाउने

खगेन्द्र विश्वकर्मा, गल्कोट ताराखोला २०७४ बैशाख २७ । मिरमिरे युवा क्लब ताराखोला ५ हिलेमा आफ्नो बार्षिक उत्सवको अवसरमा विभिन्न कार्यक्रमहरु सहित मनाउने भएको छ ।

आगामी जेठ १६ गतेबाट २० गतेसम्म संचालन गरिने कार्यक्रमहरुमा वडास्तरीय खुल्ला पुरुष महिला भलिवल धनुषवाण, डुडेलेक म्याराथुन दौड एकल नृत्य लगाएतका विभिन्न कार्यक्रमहरु रहने क्लबका सदस्य तमबहादुर बुढाथोकीले जानकारी दिए ।
क्लबको मुलसमारोहका दिन जेठ २० गते ३४ सय मिटर अग्लो डुडेलेकमा धार्मिक पुजा सहित तिर्थयात्रा गरि मुलसमारोह सहित सम्पन्न हुने क्लबका अध्यक्ष गिरबहादुर पुनले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *