ढोरपाटनको बृहत्तर विकासका लागी मेयरमा वियजी गराउन नेपालीको आग्रह !

खेमराज अर्याल बुर्तिबाङ २०७४ बैशाख २६ । नेकपा एमालेले चुनावी प्रचार प्रसार अभियान अन्र्तगत मंगलवार ढोरपाटन नगरपालिकाको वडा नम्बर ४ खुंगामा चुनावी सभा सम्पन्न भएको छ ।

चुनावी सभालाई सम्वोधन गर्दै मेयर पदका उमेदवार देवकुमार नेपालीले जेष्ठ नागरिक, एकल महिला दलित जनजाती समाजमा पछि परेकाहरुको सुरक्षा र सम्वद्र्धनका लागी सूर्य चिन्हमा मतदान आफुलाई विजयी गराउन आग्रह गरेका थिए । स्थानिय निर्वाचन पछी आफ्नो ठाँउको विकास आफै गर्नुपर्ने दायित्व हुने हुदा शिक्षा स्वास्थ्य कृषि जलविद्युत क्षेत्रको विकासमा जोड दिदै ढोरपाटन नगरपालिकालाई समृद्ध बनाउने अवसर प्रदान गर्न नेपालीको आग्रह थियो ।

कार्यक्रममा उपमेयर पदका उम्मेदवार करमर्ती घर्ती वडा नम्बर ४ का वडा अध्यक्ष पदका उम्मेदवार दिल वहादुर छन्त्याल सदस्य पदका उम्मेदवार हर्क शिर्पाली दधिराम अर्याल सिता कडेल धनकुमारी घर्ती लगाएतले एमालेलाई मतदान गर्न आह्वान गरेका थिए ।
कार्यक्रमको सञ्चालन चिन्तामणी शर्माले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *