काठेखोलाको अध्यक्षमा एमालेलाई समर्थन गर्दै माओवादी केन्द्रद्वारा उमेद्वारी फिर्ता

बागलुङ, २०७४ बैशाख २६ । काठेखोला गाउपालिकाको अध्यक्षमा नेकपा एमालेका उमेदवारलाई समर्थन गर्दै नेकपा माओवादी केन्द्रका उमेदवारले आफ्नो उमेदवारी फिर्ता लिएका छन् ।

चुनावी तालमेलका क्रममा तीन बामपन्थी दलहरु संयुक्त मोर्चा बनाएर अगाडि बढ्ने सहमति अनुसार माओवादी केन्द्रका अध्यक्षका उमेदवार लिलाराम सुनारले एमालेका उमेदवार अम्मरबहादुर थापालाई समर्थन गरेका हुन् ।

मंगलवार काठखोला गाउँपालिका वडा नं. ७ रेशमा आयोजित चुनावी सभामा बोल्दै सुनारले थापालाई समर्थन गरेको बताउदै सबैले अम्मर थापाको सूर्य चिन्हमा मतदान गरी विजयी गराउन आव्हान गरे ।

चुनावी सभामा पूर्व राज्यमन्त्री रामजीप्रसाद शर्मा, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्ण बहादुर केसी, नेकपा एमाले केन्द्रीय उर्जा तथा जलस्रोत विभागका सदस्य हिरा बहादुर केसी, नेकपा एमाले काठेखोला गाउँपालिकाका संयोजक डिल्लीराज गौतम, नेकपा एमालेका क्षेत्रीय अध्यक्ष डिल बहादुर कार्की, पूर्व जिविस सदस्य हरि बहादुर कार्की लगायतले समृद्ध काँठेखोला गाउँपालिका निर्माणका लागि साझा उमेदवारलाई विजयी गराउन आव्हान गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *