बिकास र जनताको अधिकार स्थापित गर्न नेपाली काँग्रेसलाई जिताउन अपिल !

छविलाल पाण्डे, बुर्तिवाङ २०७४ बैशाख २६ । ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिवाङमा नेपाली काँग्रेसको आयोजनामा चुनावी सभा सम्पन्न भएको छ ।

आसन्न स्थानीय तहको चुनावलाई प्रचारात्मक बनाउन क्षेत्रिय समितीको आयोजनामा आयोजित सभालाई सम्वोधन गर्दै प्रमुख अतिथी नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पुर्वमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले राष्ट्रिय राजनीतिमा नेपाली काँग्रेस एक महत्वपूर्ण राजनैतिक शक्ति भएकाले, काँग्रेसकै अगुवाईमा देशमा परिवर्तन र विकास अघि बढेको भन्दै स्थानीय निकायमा पनि काँग्रेसलाई रोज्न जनतालाई आग्रह गरे ।

सो अवसरमा सांसद ज्ञान कुमारी छन्तयालले क्षेत्र नँ ३ को बिकासमा आफु महिला भएपनी आफनो कार्यकालमा धेरै बिकासका आयाम थपिएको बताउँदै महिलाले समेत अबसर पाएमा समाज रुपान्तरण गर्ने सक्ने बताईन् भयो । उनले स्थानीय तह चुनाबमा बिभिन्न पदमा उठेका नेपाली काँग्रेसका महिला उमेद्वार सहित सबै उमेद्वारलाई बिजयी बनाएमा मात्र यस क्षेत्रको बिकासले थप गति लिने पनि बताईन् ।

सभामा सांसद उषा गुरुङ, नेपाली काँग्रेस बागलुङका सभापति दिपेन्द्र बहादुर थापामगर, ढोरपाटन नगरपालिकाका मेयर पदका उमेदवार अर्जुन शेरचन, उपमेयर पदकी उमेदवार दिलमाया पौवी लगाएतले मन्तब्य दिएका थिए ।

कार्यक्रममा सभापतीको आसनबाट बोल्दै दोर्ण कुमार कुवँरले नेपाली काँग्रेस बिकास र बिचारमा आस्था राख्ने पार्टी भएका कारण झुटको खेती गरेर जनतालाई आश्वासन दिने पार्टी सँग सचेत रहन नगरबासीलाई आग्रह गरेका थिए ।

कार्यक्रम महाधिबेशन प्रतिनिधि नर बहादुर पुन निरजकको स्वागत र क्षेत्रिय सदस्य दिपेन्द्र श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *