लोप हुदै घाटु नाच !

बालकृष्ण सुबेदी ,गल्कोट २०७४ बैशाख २६ । जिल्लामा गलकोटका मगर बस्तीमा प्रचलित स्थानिय साँस्कृतिक महत्व बोकेको घाटु नाच लोप हुँदै गएको छ ।
पाण्डबखानी गाविसमा घाटु संरक्षणको प्रयास भएपनि नयाँ पुस्ताले चासो नदिँदा लोप हुने अवस्थामा छ । पाण्डबखानी र सिसाखानीका बुढापाकाहरु घाटु नाच्दै आएपनि अहिले युवा पिढीले त्यसको संरक्षणमा खासै चासो नदिएको बुढापाका बताउँछन् । विशेष गरी श्रीपञ्चमीमा विधिपूर्वक पूजाअर्चना गरी सुरु गरिने घाटु नाच पाण्डबखानीमा मातातिर्थ औशीदेखि मध्ये वैशाखसम्म नाचिन्छ ।
वैशाख पूर्णिमाको अघिल्लो दिनदेखि जेठमा घाटु समापन गरिने घाटु संरक्षण समिति पाण्डबखानीका अध्यक्ष गिरीप्रसाद घर्तीले बताए ।

गलकोट नगरपालिका १० पाण्डबखानीको काप्रे गाउँमा सबै गाउँले जम्मा भएर घाटु नाच्ने चलन रहेको घर्तिको भनाई छ । गलकोटको पाण्डबखानी मा नाचिने सति घाटु संरक्षणमा आफुहरु लागे पनि पछिल्लो समय नयाँपिढीले गाउँ छाड्ने क्रम बढेपछि पाण्डबखानीमा घाटु नाच लोप हुने अवस्थामा पुगेको घर्तिले चिन्ता व्यक्त गरे ।
प्रत्येक वर्ष बैशाख पुर्णिमाको अबसरमा घुम्टे सांस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चले आयोजना गर्ने कार्यक्रममा समेत घाटु नाच प्रर्दशन गरिन्छ ।

घाटु बुझ्ने, सुन्ने र यसप्रति लगाव राख्ने युवा पुस्ता उदासिन हुँदा चित्त दुखेको घाटु गुरु थापाले बताए । ‘पाण्डवखानीका केही बूढापाकाहरु मात्र घाटुको ज्ञान राख्छन्’ थापाले भने, ‘आफूहरुको शेषपछि गाउँबाट घाटु हराउने त होइन भन्ने चिन्ताले सधै पिरोल्छ ।’
नयाँ पुस्ताले यसको विँडो थामिदिए पुर्खाले चलाएको परम्परा र संस्कृति जोगिने गुरु थापाले बताए । तर, अहिलेको युवापुस्ताले यसमा फिटिक्कै चासो नदिई पश्चिमा संस्कृतिमा भुलेकामा उनको दुखेसो छ । अधिकांश मगर जातिको बसोबास रहेको पाण्डबखानीमा प्रचलित सति घाटुको उचित प्रचार प्रसार र संरक्षणमा ध्यान पु¥याउन सकिएमा आन्तरिक तथा बाह्य पर्यटन प्रबर्दनमा समेत टेवा पुग्ने थापाको भनाई छ । पाण्डबखानीमा छिट्टै होमस्टे समेत निर्माण गर्न लागिएकोले मगरहरुको प्रमुख गहना घाटुले पनि त्यहाको आर्थिक बिकासमा समेत टेवा पुग्ने बताईएको छ । घाटु एक शास्त्रीय नाच हो ।
पाण्डबखानीका घाटु गुरु गिरीप्रसाद थापाका अनुसार, १६ औँ शताब्दीतिर लमजुङका एक दम्पत्ति राजारानीको विवाह, प्रेम, गृहस्थी, राजकाज, जंगल प्रस्थान, सिकार आदि घटनामा आधारित भएर घाटु नाचिन्छ । घाटुको गीतमा परशुराम राजा र चम्पावती रानीको कथावस्तु रहेको हुन्छ । घाटुमा नाच्नका लागि घाटुकी कन्या कथाको विषयबस्तु अनुसार आबश्यक संख्यामा छानिन्छ । उनीहरुलाई घाटु नाच्नुअघि अक्षेताले इष्टदेवी, हिउँचुली, बरचुली, देउचुली, गंगाचुली आदिको पूजा गरेपछि घाटु नाच्ने कन्याहरुको आँखा बन्द हुने घाटु गुरु थापाले बताए ।

नजबतग भथभयसलाई देवी चढेको मानिन्छ । कन्याहरुको आँखा बन्द नभएसम्म देवीहरुको नाम जप्नुपर्छ । देवीले पत्याएपछि घाटु सुरु गरिन्छ । घाटु नाचको सुरुवात मंगल चरणबाट गरिन्छ । इष्टदेवीहरुको साथमा आमा, धर्ति र आकाशलाई साक्षी राखिन्छ ।

तीन चार दिनदेखि तीन महिनासम्म नयाँ सिकारुले घाटुको नृत्यमा प्रशिक्षण लिनुपर्ने थापाले बताए । यो गोप्य रुपले गरिने उनको भनाई छ । मगर र गुरुङ बस्तीमा पाहुना जाँदा, कुनै विशेष मेला उत्सव आदिमा बाह्रमासे घाटु नाचिन्छ । सती घाटु रितपूर्वक नाचिन्छ । सतीघाटुमा नाच्ने कन्याहरुमा देवी चढ्ने भएकाले उनीहरु नाच्ने क्रममा बेहोसी अवस्थामा हुन्छन् । यो अवस्थालाई कुुसुण्डा भनिन्छ । घाटु गीतको लय जो कसैलाई बुझ्न गाहे हुन्छ । गैरगुरुङ र मगर समुदायलाई यो बुझ्न कठिन छ । तर, मगर गुरुङ समुदायमा यो अमूल्य संस्कृति र निधिका रुपमा रहेको छ । घाटु एक वियोगान्त कथा भएकाले घाटुको अभिनयले वातावरणलाई पनि त्यस्तै बनाईदिन्छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *