गल्कोट घुम्टेस्थित प्रसिद्ध सिद्ध र भैरवको मन्दिरमा दश हजार भक्तजन !

बालकृष्ण सुबेदी ,गल्कोट २०७४ बैशाख २६  । गल्कोटको प्रसिद्ध घुम्टे लेकमा हजारौ भक्तजनले पुजाआजा गरेका छन् ।१० हजार ९ सय ९३ फिटको उचाईको घुम्टे लेकमा अब स्थित सिद्ध र भैरवको मन्दिरमा हजारौ भक्तजनले पुजा गरेका हुन् । प्रत्येक वर्ष बैशाख पुर्णिमामा घुम्टेमा भक्तजनको घुईचो लाग्ने गर्दछ ।

साउन र माघ महिना बाहेक वर्षभर नै पुजाआजा हुने गरेपनि बैशाख पुर्णिमामा भक्तजनको घुईचो लाग्ने गरेको पुजा ब्यबस्थापन समितिले जनाएको छ । पुजा गर्नको लागि भक्तजनहरु अघिल्लो दिन देखिनै घुम्टेमा पुग्ने गर्दछन् । सिद्ध भैरबको पुजा गर्नाले मनोकामना पुरा हुने विश्वासका कारण हजारौ भक्तजनको घुईचो लागेको हो ।

हामीले बिहानै देखि पुजा सञ्चालन गरेका थियौ ,करिब दश हजार भक्तजनले पुजा गरेका छन् ,पुजा ब्यबस्थापन समितिका अध्यक्ष झँकबहादुर बस्नेतले बताए । पाण्डब र कौरबको लडाई देखिनै घुम्टेमा पुजा गर्ने प्रचलन रहेको अध्यक्ष बस्नेतले जानकारी दिए। यस वर्ष देखि घुम्टेमा पँशिको बलि दिन रोक लगाईएको अध्यक्ष बस्नेतले बताउनुभयो । धार्मिक आस्था संगै भ्रमण र मनोरञ्जनको लागि युवायुवतिहरुको बढि चहलपहल हुने गर्दछ । टाढा टाढा देखि भक्तजनहरु आउने भएका कारण घुम्टेमा अस्थायी होटलको समेत ब्यबस्था गरिएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *