के भन्छन, गल्कोट नगरपालिकामा उपमेयरका महिला उमेद्वारहरु ?

गुमान सिँह भण्डारी, गल्कोट २०७४ बैशाख २६ । गलकोट नगरपालिकाको उपमेयरमा आफूले नै जित्ने विश्वाससहित विभिन्न दलका महिला उम्मेदवार निर्वाचन प्रचारप्रसारमा जुटेका छन् । नेपाली काग्रेसले उपमेयरमा रेनुका काउचा, माआबोदी केन्द्रले ललिता थापा र प्रमुख प्रतिपक्षी दल एमाले र राष्ट्रिय जनमोचाले चुनावी तालमेल गरि एमालेका रत्ना भण्डारीलाई उपमेयरमा उठाएका छन ।

नेकपा माओबादी र सयुक्त प्यानेलका उपमेयरका उमेद्वारहरुले आफ्नो प्रतिष्पर्धा काग्रेस सँग हुने दाबी गरेका छन ।

यसैबिच नेपाली काग्रेसका उपमेयरका उमेद्वार रेनुका काउचाले अहिलेका महिलाहर चेतनशील भएकाले सबैको मत आफनो पक्षमा पर्नेमा आफू ढुक्क रहेको बताईन् ।

काउचाले, घरदैलो कार्यक्रममा जनताले गरेको स्वागतले म निकै उत्साहित भएको बताउदै आफूले जिते राज्यलाई तिरेको करबापत पाउनुपर्ने सुविधा पाएको छु भन्ने अनुभूति मतदातालाई गराउने प्रतिबद्धता व्यक्त गरिन् । हिंसापीडित हुँदा पनि सामाजिक कुसंस्कारले बाहिर आउन नसकेका गलकोटका महिलालाई न्याय दिलाउने उनको सोचाइ छ ।

नेकपा एमाले र राष्ट्रिय जनमोर्चाका सयुक्त प्यानेलका उपमेयरका उमेद्वार रत्ना भण्डारीले आफुले महिलाहरुको हरेक क्षेत्रमा काम गर्दै आईहरेको र आफ्नो यही अनुभवले गलकोट नगरपालिमा विकासको जग बसाल्ने सपना रहेको बताईन् । भण्डारीले पनि आफूले जिते महिला उद्यमशीलता, समावेशीकरण, समानतालाई बढी प्राथमिकता दिने बताईन् ।

स्थानीय तहमा गठन हुने तीन सदस्यीय न्यायिक समितिको अध्यक्ष उपमेयर हुने व्यवस्था छ । यसरी संविधानले नै पदीय जिम्मेवारी तोकिदिएकाले अनुभवी र दक्ष महिला जिताएर स्थानीय तह सफल पार्नु पर्ने उनको आग्रह छ ।

त्यस्तै नेकपा माओबादी केन्द्रका उपमेयरका उमेद्वार ललिता थापाले गलकोटमा सार्वजनिक जग्गामा भवन बनाएर पीडित महिलाका लागि सामूहिक बसोबासको व्यवस्था मिलाउने योजना बनाएको बताईन ।

आत्मनिर्भर नभई महिलाहरूको विकास सम्भव नभएकाले आफूले जिते महिलालाई कसरी उद्यमी बनाउने पहिलो प्राथमिकता हुने थापाले बताईन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *