जलश्रोतको अधिकतम उपयोग गरी विद्युत उत्पादन बढाएर गल्कोटलाई आत्मनिर्भर बनाउछौँ-केसी

गल्कोट २०७४ बैशाख २६ । गल्कोट नगरपालिकामा चुनावी प्रचार अभियानमा राजनैतिक दलहरु होमिएका छन् । नेपाली काँग्रेस, एमाले राजमोको संयुक्त प्यानल, माओवादी केन्द्र लगायतका राजनैतिक दलहरु र स्वतन्त्र उमेदवारहरु साविकका हरिचौर, हटिया, नरेठाँटी, मल्म, पाण्डबखानी, रिघा, काँडेवास दुदिलाभाटी लगायत गाविसहरुका घरघरमा पुगेर मतदाताहरु घरदैलो गरिरहेका छन भने वडावडाहरुमा चुनावी सभाहरुको आयोजना गरी मतदाताहरुलाइ रिझाई रहेका छन् ।

राष्ट्रिय जनमोर्चा र नेकपा एमालेको संयुक्त प्यानलले मंगलवार हरिचौरमा चुनावी सभा सम्पन्न गरेको छ । चुनावी सभालाई सम्वोधन गर्दै गल्कोट नगरपालिकाका मेयर पदका उमेदवार राजमोका टंकबहादुर केसीले गल्कोट उपत्यका भएर अबिरल बग्ने दरम खोला लगायतबाट विद्युत उत्पादनको प्रचूर सम्भावना भएकोले जलश्रोतको अधिकतम उपयोग गरी विद्युत उत्पादन बढाएर गल्कोटलाई आत्मनिर्भर गराउन दिशामा हाम्रो ध्यानकेन्द्रित हुने बताउदै यस क्षेत्रमा रहेका ढुंगाखानीको व्यवस्थापनका लागि प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

उनले बाईसी चौवीसी राज्य भध्य गल्कोट राज्य पनि एक भएकोले यहाँका महत्वपूर्ण ऐतिहासिक महत्वका कुराहरुको संरक्षण एवं पर्यटकीय स्थलहरुको पहिचान गरी त्यस्को विकासको आवश्यता रहेको पनि बताए ।

चुनावी सभामा उपमेयरकी उमेदवार रत्ना भण्डारी, गल्कोट नगरपालिका वडा ५ र ६ का उमेदवार क्रमश अमरबहादुर खत्री ओमबहादुर सुनार, रोमबहादुर श्रीस, नारायण सापकोटा लगायतले मन्तव्य व्यक्त गर्दै गिलास चिन्हमा मतदान गरेर पार्टीका उमेदवारहरुलाई विजयी गराउन अपील गरेका थिए ।
कार्यक्रम रामबहादुर खत्रीको अध्यक्षता, खरेन्द्र थापाको स्वागत मन्तव्य र टिकाराम शर्माको सन्चालनमा सम्पन्न भएको थियो ।

यसैवीच गल्कोटमा एक्लै चुनावी मैदानमा उत्रिएको माओवादी केन्द्र र संयुक्त प्यानलवीच सोमवार हटिया बजारमा एकता बार्ताको संयोजन भएको चर्चा सँगै बार्ताको निचोड बारे हामीले राजमोका एक नेतासंग सोधेका थियौं, ‘चुनावमा मिलेर जाने सहमति भयो त ?’ उनको जवाफ थियो, ‘कुरा चलेको हो, कुरो पदमै गएर अड्कियो । केन्द्रले उपमेयर र केहि वडाध्यक्षहरु मागे पछी मिल्न सकिएन ।’

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *