पैसाको चलखेल नभए जित सुनुश्चित छ- गिरी

पर्वत २०७४ बैशाख २६ । नेकपा माओवादी केन्द्रको तर्फबाट कुस्मा नगरपालिकाको मेयरका उम्मेदवार रहेका शंकर गिरीले पैसाको चलखेल नभए जित सुनुश्चित भएको दाबी गरेका छन् ।

घरदैलो कार्यक्रममा माओवादीप्रतिको आकर्षण र मतदाताहरुको हौसालाका कारण आफू पैसाको चलखेल नभए जित्ने दाबी गरे । घरदैलो अभियानमा उनले पदमा बसेर सरकारी तलब खानको लागि उम्मेदवारी दिएको नभै युवाहरुको सोच र भिजनलाई प्रयोग गरी कुश्मा नगरलाई समृद्ध बनाउने सोचका साथ उम्मेदवारी दिएको बताए ।

उमेदवार गिरीले यदी जित हासिल भयो भने नगरपालिकामा विगत देखि हुदै आएको ठेकेदारी प्रथालाई अन्त्य गर्दै समृद्ध कुश्मा नगरको विकासको लागि आफ्ना एजेण्डा र भिजनलाई अगाडि सार्ने उल्लेख गरे । जति पनि वडामा पुगे ती वडामा माओवादी केन्द्रप्रतिको मोह र उत्साह मैले भेटे, यताकता सुने कुश्मा बजारदेखि गाउँसम्म पैसाको चलखेल हुदै छ रे, युवाहरुलाई बाइकमा तेल भरेर फकाइदै छ रे, जून आचारसंहिता विपरित कार्य हो । यदी यो सत्य हो भने यस बारेमा छानविन हुनुपर्छ उनले भने ।

निष्पक्ष तरिकाबाट चुनाव सम्पन्न हुने हो भने नगरपालिकामा माओवादीको जीत सुनिश्चत रहेको उनले दोहो¥याए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *