अज्ञात व्यक्तिव्दारा कालिका कन्ट्रक्सनको डोजरमा आगाजनी

प्रेम सुनार, गुल्मी, २०७४ बैशाख २६ । गुल्मीको छल्दी पनाह राताडाँडा ईन्द्रगौंडा सडक स्तरबृद्धि गरिरहेको एक निर्माण कम्पनीको डोजर गएराति अज्ञात समुहले अगो लगाएर ध्वस्त पारी दिएका छन् ।

काठमाडौको कालिका प्यासेफिक जोईन्ट भेन्टर कन्ट्रक्सन प्रा.लिको जेसीभि–२०५ नम्वरको डोजर जलाएर ध्वस्त पारिएको हो । ईस्मा गाउँपालिका वडा नम्वर–२ हस्तीचौरको रातचौर स्थित डोजर जलाईएको खवर प्राप्त हुन साथ घटना स्थलमा प्रहरी टोली पठाईएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भोलाबहादुर रावालले जानकारी दिए ।

त्यस डोेजरका शेयर होल्डर भरत कटुवालका अनुसार डोजर जलेर पुर्ण रुपमा क्षति भएको छ । आगोलागी गर्ने अज्ञात समुहले पेट्रोल भिजाएको कपडाको लुठो बनाई आगो सल्काएर डोजरको ट्याङकी सम्म लगाईएको थियो ।

डोजर आगोलागीबाट करिव एक करोड वरावरको क्षति भएको जनाईएको छ । कटुवालका अनुसार डेढ महिना अघि एक समुह आएर सडक लामो समय सम्म जाम गरेको भन्दै धम्काएका थिए । हिजो दिनै भर ९÷१० जनको समुह गाडी लिएर डोजर रहेको स्थान भन्दा तल खोलामा रमाईलो गर्न आएका थिए । ती समुह स्थानिय नभएर सदरमुकाम तर्फका हुन सक्ने कटुवालले बताए । छल्दी पनाहबाट साढे ५ किलो मिटर भञ्ज्याङ्ग सम्म उक्त डोजरले सडक फराकिलो पार्ने काम गर्दै थियो ।

कालिका कन्ट्रक्सनले उता तम्घास सिमलटारी प्युठानको सडकमा समेत निकै राम्रो र छिटो काम गरेको प्रति केहि मानिसहरुले रिसईवी साँध्धै आएको समेत बुझिएको छ । उक्त निर्माण कम्पनी पुर्व भुमिसुधार मन्त्री विक्रम पाण्डेको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *