मल्ममा माओवादी केन्द्र र नेपाली काँग्रेसव्दारा जभेटघाट तथा घरदैलो कार्यक्रम

थम्मन थापा सन्देश,गल्कोट २०७४ बैशाख २६ । गाउॅ नगर घर घर जाउॅ, माओवादी केन्द्रलाई विजयी गराउॅ भन्ने मुल नाराका साथ नेकपा माओवादी केन्द्रले गलकोट नगरपालिका ७ मल्म खलल नलमा चुनावी अन्तरकृया गरेको छ ।

अन्तरकृयामा नेकपा माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार क्याप्टेन पूर्ण बहादुर राना, यम बहादुर श्रीस, गलकोट नगरपालिका प्रत्यासी मेयरका उमेदवार फमलाल निउरे, उपमेयरका उमेदवार ललिता थापा, गलकोट नगरपालिका वडा नं ७ का अध्यक्षका उमेदवार सुवेदार टिका बहादुर थापाले माओवादी केन्द्रका उमेदवारलाई मतदान गर्न आग्रह गरेका थिए। अन्तरकृयामा वैशाख ३१ गते हुने आसन्न स्थानिय तहको निर्वाचनमा गोलो घेरा भित्रको हँसिया हथौडामा मतदान गरि नेकपा माओवादी केन्द्रलाई विजयी गराउने विषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा माओवादी केन्द्रका नेता, कार्यकर्ता, विभिन्न भातृ संगठनका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो । अन्तरकृया नेकपा माओवादी केन्द्र मल्मका अध्यक्ष छुम बहादुर थापाको सन्चालनमा सम्पन्न भएको थियो ।

यसैवीच आसन्न स्थानिय निर्वाचनलाई लक्षित गरि नेपाली काँग्रेस गलकोट नगरपालिका ७ मल्मले चुनावी जनभेटघाट तथा घरदैलो सम्पन्न गरेको छ । वडा नं ७ का वडा अध्यक्षका उमेदवार हरिदत्त गौतम नेतृत्वको टोलीले मल्मको भल्साङ, कोल, फलाटे र गैराखर्कमा उक्त अभियान सम्पन्न गरेको नेपाली काँग्रेस मल्मका खुल्ला सदस्यका उमेदवार हुम बहादुर थापाले जानकारी दिए।

अभियानका क्रममा मतदाताहरुलाई रुख चिन्हमा मतदान गरि नेपाली काँग्रेसलाई विजयी गराउन आग्रह गरिएको थियो । अभियानमा नेपाली काँग्रेसका उमेदवार, कार्यकर्ता र भातृ संगठनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *