पर्यटनको उच्च संभावना रहेको ढोरपाटन क्षेत्रको विकासमा नेपालीको जोड !

ढोरपाटनमा स्याउ, आलु जस्ता कृषि जन्य उत्पादनको व्यावसायीकरण गरेर अगाडी बढ्ने योजना !

खेमराज अर्याल बुर्तिबाङ २०७४ बैशाख २६ । नेकपा एमालेले सोमबार ढोरपाटन नगरपालिकाको वडा नम्बर ९ को ढोरपाटन नवी र दोहलमा घरदैलो कार्यक्रम गरेको छ । स्थानीय तह निर्वाचनमा आफ्नो घोषणा पत्रसहित घरदैलो कार्यक्रम गरेको एमालेले ढोरपाटन नगरपालिका मेयर पदका उम्मेदवार देव कुमार नेपाली सहित एमाले उम्मेदवारलाई मतदान गरी विजयी गराउन आग्रह गरेको छ ।

सो अवसरमा मेयर पदका उम्मेदवार नेपालीले बागुङको ढोरपाटन क्षेत्र पर्यटन विकासका उच्च सम्भावना रहेको र यसको विकासमा जोड दिने बताए । नेपालीले यस क्षेत्रमा स्याउ आलु जस्ता कृषि जन्य पदार्थ उत्पादन राम्रो हुने हुदा यसको व्यावसायीकरण गरेर अगाडी बढ्ने योजना रहेको बताए ।

विशेषषत आफु दलित समुदायबाट उम्मेदवार बनेको बताउदै दलित समुदाय एवं पिछडीएको समुदायको स्तर वृद्धीमा लाग्ने भन्दै आफुलाई मतदान गरी विजयी गराउन उनको आग्रह थियो ।

यसैविच राष्ट्रिय जनमोर्चा ढोरपाटन नगरपालिका वडा नम्बर ९ का सदस्य पदका उम्मेदवार दिल बहादुर विकले पार्टी परीत्याग गरी एमालेमा प्रवेश गरेको एमालेले जनाएको छ । सो अवसरमा मन्तव्य राख्दै ढोरपाटन नगरपालिका वडा नम्बर ९ का अध्यक्ष पदका उम्मेदवार हरी बहादुर घर्तीले वडा नम्बर ९ मा एमालेको जित सुनिश्चित भएको दावी समेत गरे ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *