ताराखोलामा उम्मेदवारहरु भोट माग्दै घरदैलोमा : अमरभुमिमा केन्द्रको चुनावी सभा !

खगेन्द्र विश्वकर्मा, बागलुङ २०७४ बैशाख २६ । बैशाख ३१ गते हुने स्थानीय तहको चुनावमा प्रचारप्रसार तथा आफ्नो पार्टीको तर्फबाट भोट माग्दै ताराखोला गाउपालिकामा नेकपा माओेवादी केन्द्र ,नेपाली कांग्रेस र नेकपा ऐमाले निरन्तर घरदैलो अभियानमा लागेका छन् । नेकमा माओवादीका वडा न नम्बर ५ का उम्मेदवारको टोलीले काँग्रेसको ओमबहादुर रोकाको टोली, एमालेका संजय श्रेष्ठ आफ्नो प्यानल सहित हिडेका छन् । ऐमालेको तर्फबाट वडान ४ का अध्यक्ष पदका उम्मेदवार प्रकाश चालिसे, माओवादीबाट जितबहादुर खत्रीको टोलि त्यसैगरी वडान २ अर्गलमन भद्र घर्ती सोनामको समूह रहेका छन् ।

यसैगरी माओवादी केन्द्र वडानं १ अमरभुमिमा सोमबार माझखर्कमा आम भेला सम्पन्न गरेको छ मंगलबार भुस्कातमा आम सभा गर्ने दिवश खत्री पदमले बताए । वडान २ मा स्वतन्त्र उम्मेदवार अमृत घर्ती आभाष सक्रिय भै लागि रहेकाका छन् । ताराखोला गाउपालिकामा सबै पार्टी तथा उम्मेदवारले प्रचारप्रसार गर्ने क्रममा आचार संहिता भित्र रहेर प्रचार अभियान चलाएका छन् ।

यसैवीच माओवादी केन्द्र ताराखोला गाउपालिका वडा नं १ अमरभुमिमा सोमबार भएको चुनावी सभा सम्पन्न भएको छ।

कार्यक्रममा बोल्दै सांसद केशरी घर्तीले माओवादी केन्द्रले लिएको सिंहदरवारको अधिकार गाउँघर लिएर जनतालाई सुविधा दिने भएकोले यसको श्रेयमा माओवादी केन्द्रलाई भोटदिई विजयी बनाउन अनुरोध गरिन ।

कार्यक्रममा गाउपालिका प्रमुख पदका उम्मेदवार प्रकाश घर्ती, उपप्रमुख पदका उम्मेदवार दिल कुमारी पुन रोका, अखिल क्रान्तिकाका केन्द्रीय उपाध्यक्ष दिवश खत्री पदम लगाएले बोलेका थिए ।

कार्यक्रमको अध्यक्षता वडा नं १ का अध्यक्ष पदका उम्मेदवार याम श्रीसको अध्यक्षता चन्द कुमारी नाउसाको स्वागत र जनक घर्तीको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *