तंग्राम काँग्रेसको उर्वरभूमि : पार्टीका उमेदवार जिताउन तग्रामको भूमिका महत्वपूर्ण !

बागलुङ २०७४ बैशाख २५ । नेपाली काँग्रेस काठेखोला गाउँपालिकामा—४ तंग्राममा सोमबार नेपाली काँग्रेसको चुनावी सभा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसकी केन्द्रीय सदस्य रत्ना शेरचनले काँग्रेस नेतृत्वमा संविधान जारी भएकाले त्यसको सही कार्यान्वयनका लागि स्थानीय निर्वाचनमा काँग्रेसलाई मतदान गरी विजयी गराउन आग्रह गरिन् ।

सांसद समेत रहेकी शेरचनले नेपालमा परिवर्तनका हरेक कालखण्डको नेतृत्व काँग्रेसले गरेका कारण अव आर्थिक विकास नेतृत्व पनि काँग्रेसले गर्ने बताईन ।
उनले नेपाली काँग्रेसको विजय सुनिश्चीत देखेर प्रतिपक्षीहरु तालमेल गर्ने अवस्थामा पुगेको भन्दै यसले काँग्रेसलाई झन बलियो बनाएको दाबी गरिन् ।
कार्यक्रममा बोल्दै साँसद चम्पादेवी खड्काले तंग्राम काँग्रेसको उर्वर भूमि भएकाले गाउँपालिकामा विजय गराउन तंग्रामको विशेष भूमिका रहने भन्दै चुनावी परिणाम काँग्रेसको पक्षमा आउने गरी लाग्न कार्यकर्तालाई आग्रह गरिन् ।

सो अवसरमा काठेखोला गाउँपालिका अध्यक्षका उम्मेदवार होमबहादुर हमालले काठेखोलाको आर्थिक समृद्धि र भौतिक विकासका लागि आफु नेतृत्वको प्यानललाई मतदान गर्न आग्रह गरे ।

कार्यक्रममा उपाध्यक्षकी उम्मेदवार ज्ञानु शर्मा श्रीस, नेपाली काँग्रेस जिल्ला सदस्य,खिमानन्द पौडेल, काठेखोला—४ का वडाध्यक्ष उम्मेदवार केसरबहादुर थापा ‘केशव’, नेपाल प्राध्यापक संघका केन्द्रीय सदस्य ध्रुवराज गौतम, नेपाल विद्यार्थी संघका पूर्व जिल्ला सचिव नारायणदत्त कँडेल, धौलागिरी क्याम्पसका स्वावियु सभापति मनिष थापा, वडा नम्बर ४ की महिला उम्मेदवार नरमाया थापा, जनसम्पर्क समिति जापानका संयोजक डीपी कँडेल, नेपाल सांस्कृति संघका क्षेत्रीय सभापति यामदिप पुन, साविक तंग्रामका पूर्व गाविस अध्यक्ष श्यामबहादुर पुन, नेपाली काँग्रेस तंग्रामका पूर्व सभापति खड्गप्रसाद थापा, नेपाल महिला संघ तंग्रामका अध्यक्ष फुलमाया थापा, नेपाली काँग्रेसमा प्रवेश गरेका सन्तोष पुन, लगायतले बोलेका थिए ।

यसैवीच नेपाल ट्रेड युनियन काँग्रेस जिल्ला समिति बागलुङले नेपाली काँग्रेसका उम्मेदवारहरुलाई स्थानीय निर्वाचनमा सघाउन गाउँ÷नगरपालिकामा संयोजक तोकेको छ ।

जिल्ला अध्यक्ष रामप्रसाद अधिकारीको मूल संयोजकत्वमा गाउँ÷नगरपालिकामा संयोजक तथा सहसंयोजक तोकेको हो । बागलुङ नगरपालिकामा संयोजक शिव शर्मा, सहसंयोजक ईश्वर ठाकुर पौडेल र भगवती केसी, जैमिनी नगरपालिकामा दुर्गादत्त शर्मा आचार्य संयोजक, बाबुराम पौडेल र नारायण रिजाल सहसंयोजक, गल्कोट नगरपालिकामा मञ्जु शर्मा चालिसेलाई संयोजक तोकेको छ । सहसंयोजकमा बालकृष्ण शर्मा र पार्वती पौडेल छन् ।

ढोरपाटन नगरपालिकामा संयोजक नविन जिसी, सहसंयोजकमा हेमेन्द्र थापा र श्यामकुमारी भण्डारी, काठेखोला गाउँपालिकामा संयोजक नरेश कँडेल, सहसंयोजक हुमा रिजाल र गणेश पौडेल, ताराखोला गाउँपालिकामा संयोजक भीमबहादुर रोका, सहसंयोजक भुवानन्द गैरे र शशीदत्त पाध्या, बरेङ गाउँपालिकामा संयोजक प्रेमबहादुर केसी, सहसंयोजकमा सिर्जना केसी र पुष्पा शर्मालाई जिम्मा दिईएको छ । बडिगाड गाउँपालिकामा सागर खरेल संयोजक र कल्पना खरेल र संगम घर्तीलाई सहसंयोजक तोकिएको छ ।

निसीखोलामा मानबहादुर केसी संयोजक, तेजेन्द्र विक र अमृता बुढा मगर सहसंयोजक, तमानखोलामा संयोजक वसन्त घर्ती मगर र सहसंयोजकमा तुलसी नेपाली र जगबहादुर छन्त्याल छन् । नेपाल ट्रेड युनियन काँग्रेसका जिल्ला अध्यक्ष रामप्रसाद अधिकारी सचिव ईश्वर ठाकुर पौडेलले सोमबार एक विज्ञप्ती प्रकाशित गरी काँग्रेसले विभीन्न कालखण्डमा देशको नेतृत्व गर्दै आएकोले नेपाली काँग्रेसलाई स्थानीय निर्वाचनमा मतदान गरी विजयी गराउन आग्रह गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *