निर्वाचन विरोधी क्रियाकलापमा संलग्न भएको आरोपमा बिप्लवका दुई कार्यकर्ता पक्राउ

लोकेन्द्र निरासी, बुर्तिबाङ, २०७४ बैशाख २५ । निर्वाचन विरोधी क्रियाकलापमा संलग्न भएको आरोपमा आज दिउँसो नेपाल कम्युनिष्ट पार्टी (बिप्लव)का दुई कार्यकर्ताहरुलाई ईलाका प्रहरी कार्यालय बुर्तिबाङले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बुर्तिबाङ बजारमा हिमकृति फार्मेसी औषधी पसल सञ्चालन गर्दै आएका नेपाल कम्युनिष्ट पार्टी बागलुङका जिल्ला सदस्य वर्ष ३८ का हरि बहादुर कुँवर र भीमगिठे गाउँपालिका वडा नं. ६ का वर्ष ३९ का नर बहादुर के.सी. रहेका छन् ।

उनीहरुलाई पक्राउ गर्नुको कारण बारे जानाकारी दिँदै इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक कृष्ण रानाले जिल्ला प्रहरी कार्यालय, बागलुङबाट पक्राउ गर्ने आदेश आएकाले नियन्त्रणमा लिएर आजै जिल्लामा पठाइएको जानाकारी दिए ।

यसबारे जिल्लामा थप जानाकारी लिन खोज्दा यतिबेला नेपाल कम्युनिष्ट पार्टी कार्यकर्ताहरुले स्थानीय तहको निर्वाचनलाई बिथोल्ने र प्रभाव पार्ने गरि निर्वाचन विरोधी विभिन्न गतिविधिहरु संचालन गरिरहेकाले यस प्रकारका गतिविधिहरुलाई रोक्न उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक चन्द्र कुवेर खापुङले बताए । पक्राउ गरिएका कुँवर र के.सी. माथि थप अनुसन्धान हुने प्रहरी स्रोतले जनाएको छ ।

उता यस घटनालाई नेपाल कम्युनिष्ट पार्टी बागलुङले कडा आलोचना गर्दै आफ्ना पार्टी कार्यकर्ताहरुलाई निशर्त रिहा गर्न माग गरेको छ । घटनाबारे नेपाल कम्युनिष्ट पार्टी बागलुङका जिल्ला इन्चार्ज विकिरण के.सी.सँग जानाकारी लिंदा प्रचण्ड सरकारले पुलिस प्रशासन लगाएर घरमै बसिरहेका आफ्ना निर्दाेष कार्यकर्ताहरुलाई गिरफ्तार गरि कायरतापूर्ण हर्कत देखाएको बताएका छन् । साथै आफ्नो पार्टीका निर्दाेष कार्यकर्तालाई विना सर्त रिहा नगरे त्यसको परिणाम नराम्रो हुने भन्दै घटनाको भ्रत्र्सना गरेका छन् ।

आफ्नो पार्टीले स्थानीय निर्वाचनको बहिस्कार र विरोधमा आगामी वैशाख ३० गते नेपाल बन्दको कार्यक्रम घोषण गरेको समेत के.सी.ले जानाकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *