बलेवालाई जिल्लाकै प्रमुख पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने प्रतिवद्धता

सुवास गौतम, बागलुङ, २०७४ बैशाख २५ । बागलुङ नगरपालिकाको समग्र विकासका लागि साझा उमेदवारहरुलाई विजयी गराउन बलेवामा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

नेकपा एमाले, राप्रपा, राष्ट्रिय जनमोर्चा र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल गरेर निर्वाचन अभियानमा जुटेका राजनीतिक दलका नेताहरुले समृद्ध बागलुङका लागि साझा उमेदवारलाई जिताउन आव्हान गरेका हुन् ।

चुनाव प्रचार प्रसार अभियान अन्तरगत बागलुङ नगरपालिका वडा नंं १२ पैयुपाटा, १३ अमलाचौर र १४ नारायणस्थानमा आयोजित चुनावी सभामा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् ।

बलेवाको पैयुपाटा, नारायणस्थान तथा अमलाचौरमा ¥याली पछिको चुनावी सभालाई सम्वोधन गर्दै बागलुङ नगरपालिकाका सयुक्त प्यानलमा प्रमुख उम्मेदवार जनक पौडेल र उप–प्रमुखका उम्मेदवार सुरेन्द्र खड्काले बलेवालाई जिल्लाको प्रमुख पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरे ।

बलेवा विमानस्थल सञ्चालन गर्नुका साथ यो क्षेत्रको पर्यटन व्यवसायको गन्तव्य बनाउनका लागि स्पष्ट योजनाका साथ अगाडि बढेको उहाँले बताउनुभयो । समृद्ध बागलुङ निर्माण गर्ने योजना आफुहरुसंग भएको दावी गर्दै उहाँहरुले त्यसका लागि काम गर्ने अवसर दिन आग्रह गरे ।
नारायणस्थानमाको गाउ सभालाई सम्वोधन गर्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार मेघनाथ शर्माले नारायणस्थान कुस्मा जोड्नो झोलुङ्गे पुल १
वर्ष भित्र सम्पन्न हुने बताए ।

नारायणस्थानमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, राप्रपाको सम्यक्त प्यानलबाट अध्यक्षमा ढुण्डीराज शर्मा वडा अध्यक्ष पदमा उमेदवार बनेकाछन् ।

अमलाचौर र पैयुपाटामा आयोजित सभामा बोल्दै नेकपा एमालेका केन्द्रीय सदस्य मनकुमारी केसीले राष्ट्र निर्माणमा एमालेको योगदानकै कारण देशव्यापी रुपमा जनलहर एमालेको पक्षमा आएको दावी गरिन । उनले बागलुङ नगरपालिकाको समग्र विकासका लागि एमालेको अगुवाईमा निर्माण भएको साझा उमेदवारहरुको प्यानललाई विजयी गराउन आव्हान समेत गरिन ।

कार्यक्रममा नेकपा एमाले बागलुङका उपाध्यक्ष कृष्ण पाठक लगायतले बालेका थिए । बानपा १२ का अध्यक्षका उमेदवार गुरुदत्त पाठक र बानपा १३ का अध्यक्षका उमेदवार प्रेम रोकाले वलेवा क्षेत्रको विकास निर्माणको जिम्मेवारी प्रदान गर्न आव्हान गर्दै सकुशल जिम्मेवारी बहन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *