संयुक्त प्यानलका उमेदवारले भने- बिहुँमा जेष्ठ नागरिक आश्रम बनाउछौँ !

बागलुङ, २०७४ बैशाख २५ । काठेखोला गाउँपालिकामा चुनावी अभियानका क्रममा सोमबार संयुक्त प्यानलका उमेदवार तथा नेकपा एमाले बागलुङका सदस्य अम्मरबहादुर थापाले जेष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएकाहरु लगायत समाजमा पछि परेकाहरुको सुरक्षा र सम्वद्र्धनका लागि एमालेको नेतृत्व आवश्यक रहेको बताए ।

काठेखोला गाउँपालिका वडा नं. ५ को गौश्वारामा आयोजित चुनावी सभामा बोल्दै उनले यस्तो बताएका हुन ।

नेकपा एमालेको अगुवाईमा देशमा जेष्ठ नागरिकहरुको सम्मान तथा उनीहरुलाई सामाजिक सुरक्षा भत्ताको शुरुवात भएको भन्दै उहाँले काँठेखोलामा ३ वर्षभित्र जेष्ठ नागरिक आश्रम निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरे ।

पर्यटकीय हिसावले चर्चित बिहुँको रामकोटलाई जेष्ठ नागरिक आश्रम सहितको संस्कृत विद्याको विशेष क्षेत्र बनाउने योजनाका साथ आफुहरु अगाडि बढेको बताए ।

उनले ऐतिहासिक रामकोट मन्दिरलाई संस्कृत भाषाको विशेष क्षेत्रका रुपमा विकास गर्नुका साथै जेष्ठ नागरिक आश्रम निर्माण गरेर पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उहाँले बताए ।

नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, नेकपा माओवादी केन्द्र र राप्रपाबीच तालमेल गरेर चुनावी प्रतिस्पर्धामा उत्रिएका दलहरुले काँठेखोलाका ८ वडालाई ८ पहिचानका रुपमा अगाडि बढाउने प्रतिवद्धता जनाएका छन् ।

कार्यक्रममा उपाध्यक्षका उमेदवार अर्जुन खत्री, वडा नंं ५ का वडा अध्यक्षका उमेदवार परमानन्द कंडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *