रायडाँडालाई बागलुङ नगरपालिकाको नमुना वडा बनाउने उमेदवार गौतमको प्रतिवद्धता

बागलुङ २०७४ बैशाख २५ । बानपा ११ वडाअध्यक्षमा नेपाली काग्रेसका उम्मेदवार ज्ञानेन्द्र गौतमले स्थानियको चाहना र भावना अनुसार गा“उको विकास सक्रिय भएर लागेको हुदा आफुलाई विजयी गराउन आग्रह गरेका छन् ।

बानपा ११ रायडा“डाका बिभिन्न स्थानमा आयोजित चुनावी अभियानमा बोल्दै गौतमले, विकास निमार्ण, शिक्षा ,स्वास्थ्य,खानेपानी, कृषि, पर्यटन एवं आर्थिक समृद्धिको लागि आफुले बिभिन्न योजनाका साथ उम्मेदवारी दिएको हुदा साथ दिन आग्रह पनि गरे ।

उनले अवको केही बर्ष भित्र बानपा ११ जिल्लाको नमुना वडाको रुपमा विकास गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । गौतमले यहा“का नागरिकलाई आर्थिक,सामाजिक रुपमा सक्षम बनाउने गरि काम थाल्ने गरि अगाडि बढेकोले रुख चिन्नमा मतदान गरि आफुलाई विजयी गराउन आग्रह मतदाताहरुलाई आग्रह गरे ।

सोमबार बानपा ११ रायडा“डाका बिहुपाटा, हलहले, तल्लोधारा ,ओख्ले,भगरा ,सिम्ले लगाएका स्थानमा घरदैलो सम्पन्न भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *