ढकालका दुई मुक्तक

बैशाख ३१ मतपेटीकामा भोट भित्रिदै छ रे,
गाउँ भरी बिटाका बिटा नोट भित्रिदै छ रे,
जसको लागी राजनिति गर्छु भन्छ,
उनैलाई बिगार्न, रक्सी र चुरोट भित्रिदै छ रे ।

***

एउटा नेता आउँछ, भोट मलाई भन्छ,
आफै जिते मात्र देशको भलाई भन्छ,
जता जान्छ उतै उ दुईजिब्रे कुरा गर्छ,
यता छोडेर उता कहिले नलाई भन्छ ।

राजेन्द्र ढकाल
बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *