निसीखोलाको गाउगाउमा माओवादी केन्द्रको चुनावी अभियान

कुम्बिर बिश्वकर्मा,२०७४ बैशाख २५ । निसीखोला गाउँ पालिकामा माओवादी केन्द्रले प्रसार अभियान जारी राखेको छ। ूसङ्घियता सहितको संविधान शिक्षा ,स्वास्थ ,खानेपानी ,यातायात ,उर्जा माओवादी केन्द्र अभियान ू भन्ने मुल नारा बोकेर केन्द्रका उमेदवार प्रचारप्रसामा गाउँ गाउँ पसेका छन्।

चुनावी अभियानमा माओवादी केन्द्रका बागलुङ जिल्ला सदस्य राजिब बिश्वकर्मा को नेतृत्वमा जिल्ला सदस्य दुर्गा छन्त्याल ,निसीखोला गाउपालिका वार्ड न। (५ सचीवालय सदस्य हिरा बहादुर पुन मगर र माओवादी केन्द्र्का कार्यकर्ता उम्मेदवारहरुको टोली अभियानमा हिडेको हो।

माओवादी केन्द्रले निसीखोला गाउँ पालिका को प्रमुखमा प्रेम घर्ती मगर ,उपप्रमुखमा योशदा रेग्मी र वार्ड न ५ बाट अध्यक्षमा इन्द्र बहादुर घर्ती मगर,महिला सदस्यमा खिम कुमारी घर्ती मगर,दलित महिला सदस्यमा सुइमाला बिश्वकर्मा,खुल्ला महिला सदस्यमा कमला पुन मगर,खुल्ला दलित सदस्यमा स्यामलाल बिश्वकर्मालाई विजय गराउनघरदैलो कार्यक्र गरिरहेकेो छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *