करेण्ट लागेर नेपाल टेलिकम परिसरमा कामगर्ने निसीका २ युवकको मृत्यु !

बागलुङ २०७४ बैशाख २५ । नेपाल टेलिकमको निर्माणाधीन भवनमा काम गर्ने दुई जना कामदारको विहान ६.४५ बजेको समयमा विद्युत करेण्ट लागेर मृत्यु भएको छ ।

मृतकहरु दुबै जना निसीखोला गाउँपालिकाको भएको बताईएको छ ।

आज विहान टेलिकम कम्पाउण्डमा रहेको सल्लाको रुखको टुप्पामा कागको गुँडबाट चल्ला तल खसाल्न फलामको रडले घोच्न खोज्दा रडले हाइटेन्सन लाईनमा छोएपछी साथीलाई विद्युत करेण्ट लागेपछी अर्को साथीले छुटाउन खोज्दा उनलाई पनि करेण्ट लागेर मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

अपडेट जिल्ला प्रहरी कार्यालय बागलुङले दिएको जानकारी अनुसार मृत्यु हुनेमा निसीखोला गाउपालिका निसीका अन्दाजी २२/२३ वर्षका दुधन घर्तीमगर र बमबहादुर घर्तीमगर रहेका छन् ।

निजहरुको शरीरको केहि भाग जलेर मृत अवस्थामा रहेका र केहि जमीन जलेको अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

मृतक दुबैजना २ दिन पहिले नेपाल टेलिकम परिसरमा निर्माणाधीन भवनमा लेवर काम गर्न आएको प्रहरीले जनाएको छ । मृतक मध्य बमबहादुर घर्तीमगरले कागको गुँडबाट बच्चा निकाल्न २० फिट लामो रड लिएर सल्लाको रुखमा चढेको र रड धान्न नसकी विद्युतको मेनलाईनमा छुँदा करेण्ट लागेर भूईमा खसेको र निजलाई बचाउन जाँदा अर्का साथी दुधनबहादुर घर्ती समेत करेण्ट लागेर घटनास्थलमै मृत्युभएको प्रहरीले जानकारी दिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *