गल्कोट नगरपालिका पाण्डवखानीमा माओवादी केन्द्रको चुनावी सभा सम्पन्न

थम्मन थापा सन्देश, गलेट २०७४ बैशाख २५ । माओवादी केन्द्रको उपहार, गाउॅ नगरमा सिंहदरबार भन्ने मुल नाराका साथ नेकपा माओवादी केन्द्र गलकोटले पाण्डवखानीमा आईतवार चुनावी सभा सम्पन्न गरेको छ ।

चुनावी सभालाई सम्वोधन गर्दै नेकपा माओवादी केन्द्र गलकोट नगरपालिकाका मेयर पदका उम्मेदवार फमलाल न्यूरे र उपमेयर पदका उम्मेदवार ललिता थापाले यहि वैशाख ३१ गते हुन लागेको स्थानिय तहको निर्वाचनमा गोलाकार भित्रको हॅसिया हथौडामा मतदान गरि सम्वृद्ध गलकोट निर्माणको अभियानमा सहयोग गर्न अपिल गरेका थिए ।

चुनावी सभामा नेकपा एमालेका वडा अध्यक्ष खडग सिंह श्रीस, नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष छम बहादुर काउचा, राष्ट्रिय जनमोर्चाका वडा अध्यक्ष पृथ सिहं श्रीस, नेकपा माओवादी केन्द्रका विदेश विभाग जापानका संयोजक हर्क थापा, नेकपा माओवादी केन्द्र गलकोट नगर कमिटीका अध्यक्ष तिलक उप्रेती, गलकोट नगरपालिकाका उपमेयरका उम्मेदवार ललिता थापा, मेयरका उम्मेदवार फमलाल निउरेले चुनाव केन्द्रित मन्तव्य राअ‍ेका थिए ।

सभामा माओवादी केन्द्रलाई चुनावमा विजयी गराउने विषयमा अन्तरक्रिया समेत गरिएको थियो । चुनावी सभा लाल बहादुर विश्वकर्माको अध्यक्षता, पृथसिंह श्रीसको स्वागत मन्तव्य र जावन श्रीसको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *