महिलाहरुले काम गर्न सक्दैनन भन्ने सवालमा मेरो उम्मेद्वारी चुनौती हो : गण्डकी थापा अधिकारी

बडीगाड गाउपालिकालाई विकसित बनाउनु केवल मेरो सपना होईन, संकल्प हो !

बागलुङ ग्वालिचौर, २०७४ बैशाख २५ । बडीगाड गाउपालिका बागलुङ जिल्लाका ६ गाउपालिकाहरु मध्य सबभन्दा ठुलो गाविस हो । यस्मा साविक भिङगिठे, दर्लिङ, ग्वालिचौर, जलजला दगातुंडाडा, रणसिंहकिटेनी र सिसाखानी गरी ७ गाविस समावेस छन् । ३० हजार ९ सय ६ जनसंख्या भएको बडीगाड गाउपालिकाका वडाहरुको संख्या १० कायम गरिएको छ । यसको क्षेत्रफल १७८.६८ रहेको छ ।

२६ हजार २ सय १५ जनसंख्या र ९ वडा भएको ढोरपाटन नगरपालिका संग जोडिएकोे बडीगाड गाउपालिकावासीले मिनी नगरपालिका भनेर चित्त बुझाउने गरेका छन् ।

बैशाख ३१ गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा बडीगाड गाउपालिकामा नेपाली काँग्रेस, नेकपा एमाले र राष्ट्रिय जनमोर्चा बीच चुनावी प्रतिष्पर्धा हुने देखिएको छ । चुनावमा काँग्रेसबाट गण्डकी थापा अधिकारी, एमालेबाट मेहरसिँह पाईजा र राजमोबाट भिमसेन वन प्रमुखको पदमा उमेदवार रहेका छन् ।

उमेदवारी फिर्ता लिने समय नजिकिदै गर्दा नेकपा एमाले र माओवादी केन्द्रवीच चुनावी तालमेल बनेपछी एमालेले उपप्रमुख र माओवादी केन्द्रले प्रमुख पदका उमेदारको नाम फिर्ता लिएर चुनावी मैदानमा उभिएका छन् ।

जिल्लाकै ठुलो बडीगाड गाउपालिकाको अर्को विशेषता के रहेको छ भने, नेपाली काँग्रेसबाट जिल्लामै प्रमुख पदकी एक मात्र महिला उमेदवार गण्डकी थापा अधिकारी रहेकी छिन् ।

यसै सिलसिलामा हाम्रा गुल्मी सहकर्मी अनिश शर्मा गैरेले प्रमुख पदकी उमेदवार अधिकारीसंग जिज्ञासा राख्दा उनले स्पष्ट शव्दमा भनिन्- ‘बडीगाड गाउपालिकालाई विकसित बनाउनु केवल मेरो सपना होईन संकल्प हो ।’ उनको भनाई थियो- ‘महिलाहरुले काम गर्न सक्दैनन भन्ने सवालमा मेरो उम्मेद्वारी चुनौती हो ।’

लामो समय सम्म शिक्षण पेशामा आवद्ध अधिकारीले आफुले जनहितको पक्षमा काम गर्न सक्छु भन्ने आत्मविश्वासका साथ उम्मेद्वार बनेको बताइन ।

‘हरेक ठांउमा पुग्दा मैले मेरा अग्रज वुवा आमा, दाजुभाई दिदीबहिनीबाट पाईरहेको मायाँले म केवल प्रफुल्लित मात्र बनेकी छैन उनले भनिन् ‘मेरो उमेद्वारी संग उहाँहरुको भविष्यको सपना जोडिएको छ त्यसैले संकल्पका साथ ती सपनाहरुलाई कार्यान्वयन मार्फत सबल, सम्पन्न र विकसित बडीगाड गाउपालिका निर्माण गर्नु मेरो एक मात्र लक्ष्य हो ।’

यी हुन् उनका चुनावी मुद्दाहरु

* गाँउपालिका भित्र रहेका कृषि र खनिज श्रोतहरुको पहिचान गर्नको लागि अनुसन्धान केन्द्र खोल्ने र उद्योगहरु सञ्चालन गर्ने,
* गाउँपालिका भित्रका प्रत्येक गाँउटोलमा मोटरबाटो पुर्याउने,

* भूमिहीनहरुलाइ भूमि उपलब्ध गराइ बेरोजगारहरुलाइ घरघरमै रोजगारीको ब्यबस्थापन गर्ने,

* दलित तथा पिछडिएका बर्गहरुलाइ समेट्न आयआर्जनका कार्यक्रमहरु सञ्चालन गर्ने,

* आबश्यक क्षेत्रमा आकाशेपुलको ब्यबस्था गर्ने,

* प्रत्येक गाँउमा भएको खानेपानीको समस्या पहिचान गरी एक घर एक धारो कार्यक्रम सञ्चालन गर्ने,

* आबश्यकताअनुसार खेलमैदान निर्माण तथा नदीनालाहरुको संरक्षण गर्ने,

* गरीब र बेरोजगारको तथ्याँक संकलन गरी स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने,

* सञ्चारको पहुँच पुर्याउने,

* भिखोला, लिलिङखोला, दर्लिङखोला, दाँगखोला, खहरेखोला, लब्धीखोला, रिघाखोला, बडि खोला जस्ता यस पालीकाको पहुँचमा भएको खोलाहरुको पानीलाइ बढि भन्दा बढी प्रयोग गर्ने,

* गाँउपालिका स्तरीय कृषि सडक स्थापना गरी मध्यपहाडी लोकमार्ग र ढोरपाटन–सालझण्डी सडकखण्ड बस्तीलाइ प्रत्यक्ष रुपमा जोड्ने,

* गाँउपालिका भित्रका राजनीतिक दलसँग समन्वय गरी जनमुखी कार्यक्रम सञ्चालन गर्ने ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *