जिल्ला प्रशासन कार्यालयबाट पाँच मिनेट मै नागरिकता !

बागलुङ २०७४ बैशाख २४ । जिल्ला प्रशासन कार्यालय बागलुङबाट आईतवार नागरिकताको प्रमाणपत्र लिन पुगेका एक दर्जन सेवाग्राहीहरुले पाँच मिनेट मै नागरिकता प्राप्त गरेका छन् ।

नागरिकताको प्रमाणपत्र तथा नागरिकताको प्रमाणपत्रको प्रतिलिपी लिन पुगेका सेवाग्राहीहरुले यति छिटै प्रमाणपत्र पाएकोमा प्रमुख जिल्ला अधिकारीलाई धन्यवाद दिएका छन् ।

सेवाग्राही मध्यका एडभोकेसी फोरम बागलुङका संयोजक अधिवक्ता राम शर्माले त आफनो फेसबुकमा स्टाटस लेखेरै प्रमुख जिल्ला अधिकारीलाई धन्यवाद दिएका छन् ।

तपाईले मात्रै ५ मिनेटमा नागरिकताको प्रमाणपत्र पाउनु भएको हो कि ? भन्ने प्रश्नमा संयोजक शर्माले भने, म समेत ११ जनाले पाएका हौँ । मैले त नागरिकता प्रमाणपत्रको प्रतिलिपी लिएको हो, अरुले नागरिकताको प्रमाण पत्र लिएका हुन् ।

संयोजक शर्माले शाखा अधिकृत कृष्णराज गौतमले छिटो नागरिकताको प्रतिलिपी दिने कार्यमा सहयोग पुराएको पनि खुलासा गरे ।

सबै फम्र्याट तयार हुने रहेछ फोटो टाँसेर नागरिकताको प्रमाणपत्रका हस्ताक्षर गरेर सेवाग्राहीहरुलाई दिँदा छिटो भएको शर्माको भनाई थियो ।

आगामी दिनहरुमा अरु सेवाग्राहीहरुले यसैगरी ५ मिनेटमै नागरिकताको प्रमाण पत्र पाउने विश्वास व्यक्त गरे ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *