काठेखोलाका आठै वडामा विशेष कार्यक्रम ल्याउने उमेदवारहरुको दावी

बागलुङ २०७४ बैशाख २४ । नेकपा एमाले बागलुङका सदस्य तथा काठेखोला गाउँपालिकामा अध्यक्षका उमेदवार अम्मरबहादुर थापाले समृद्ध काठेखोला निर्माणका लागि आफ्नो नेतृत्वमा रहेको साझा उमेदवारहरुको प्यानललाई विजयी बनाउन आग्रह गरेका छन् ।

काठेखोला गाउँपालिकामा संयुक्त बाम र राप्रपाको तर्फबाट चुनावी मैदान उत्रिएका अध्यक्षका उमेदवार थापाले आइतवार तंग्रामको फापरखेतमा आयोजित चुनावी सभामा बोल्दै यस्तो आव्हान गरेका हुन ।

उनले समृद्ध काँठेखोला गाउँपालिका लागि वडा नं। १ लाई स्वास्थ्य, २ लाइ पर्यटन, ३ लाई कृषि, ४ मा जनजाती विशेष, ५ मा जेष्ठ नागरिक आश्रम, ६ मा प्राविधिक शिक्षा, ७ लाई खेलकूद र ८ लाई हाते कागज र जडिबुटीको विशेष क्षेत्रका रुमपा विकास गर्ने लक्ष्य सहितको कार्ययोजनो प्रस्तुत गरे ।

कार्यक्रममा उपाध्यक्षका उमेदवार अर्जुन खत्रीले काठेखोलामा क्रियाशिल बामपन्थी र राप्रपा समेतको तालमेलले जनतामा उत्साह थपिएको बताए ।

उमेदवारहरुले तंग्रामको फापरखेत लगायतका क्षेत्रमा घरदैलो, भेटघाट कार्यक्रम सम्पन्न गरेका छन् । आजै धम्जा गाविसमा चुनावी सभा सम्पन्न गरिने जनाइएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *