ताराखोलाका प्रमुखका उमेदवार प्रकाश घर्तीलाई पितृ शोक

खगेन्द्र विश्वकर्मा. गल्कोट २०७४ बैशाख २४ । ताराखोला गाउपालिका २ अर्गल माओवादी केन्द्रका पार्टी सदस्य प्रेम बहादुर घर्ती मगरको यहि बैशाख २३ गते मुटु रोगको उपचारको क्रममा मणिपाल अस्पताल पोखरमा ७३ बर्षको उमेरमा निधन भएको छ । स्व. घर्तीमगर ताराखोला गाउपालिकामा माओवादी केन्द्रबाट प्रमुखका उमेदवार प्रकाश घर्तीमगरका पिता हुन् भने सांसद केशरी घर्ती मगरका ससुरा हुन् ।

स्व. घर्तीमगर पन्चायत कालदेखि बहुदलीय व्यवस्थाका सचेत राजनीतिज्ञ समाजसेवी थिए । उनको पार्थिक शरीरलाई आजै आईतवार जन्मस्थान ताराखोला गाउपालिका ४ मा विधिवत अन्त्यष्टि गरिएको छ । स्व.घर्तीको पार्थिव शरीरमा माओवादी केन्द्रको झन्डा ओढाई दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै बैकुण्ठ बासहोस भनी कामना गरि शोकशभा गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *