चुनाव प्रचारका आ-आफ्नै शैली : गल्कोटमा राजमो र एमालेको संयुक्त घरदैलो कार्यक्रम !

गल्कोट २०७४ बैशाख २४ । स्थानीय तहको निर्वाचनको मिति नजिकिदै जाँदा गल्कोट नगरपालिकामा राजनीतिक दल र स्वतन्त्ररुपमा मनोनयन दर्ता गराएका उमेदवारहरुले चुनाव प्रचार अभियानलाई तिब्रता दिएका छन् ।

राजनीति दलका उमेदवार तथा युवा कार्यकर्ताहरु अहिले मतदाताहरुको घरघरमा पुगेर आफनो पार्टीका लागि मत मागिरहेका छन भने नयाँ नयाँ शैलीबाट चुनावी प्रचार सभा, छलफल, माईकिङ लगायतबाट चुनावी प्रचार गरिरहेका छन् ।

स्थानीय तहको निर्वाचनमा गल्कोट नगरपालिकामा राष्ट्रिय जनमोर्चा र एमालेले चुनावी तालमेल गरी संयुक्त उमेदवारी दिएका छन् ।
राजमोबाट मेयरमा उमेदवारी दिएका पूर्व शिक्षक टंक केसी र एमालेबाट उपमेयरमा मनोनयन दर्ता गराएकी रत्ना भण्डारी लगायत वडा नं ५ का अघ्यक्ष अम्मर बहादुर खत्री, महिला सदस्य उमेदवार देवी खत्री, दलित सदस्य भिम कुमारी दर्जी, सदस्य। दिल बहादुर घर्ती सदस्य पदम बहादुर खत्री तथा वडा नं ६ बाट अघ्यक्षका उमेदवार ओम बहादुर सुनार, महिला सदस्य कमला श्रीस ,दलित महिला अमृता विक सदस्य चन्द्र मोहन बिक सदस्य। लिल बहादुर श्रीस सहित पार्टीका कार्यकर्ता, युवा तथा विद्यार्थीहरु सहभागी रहेको चुनाव प्रचार टोलीले आज आईतवार नगरपालिकाको वडा ५ र ६ मा साबिक हरिचौर गाविसमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । घरदैलो कार्यक्रमलाई युवा विद्यार्थीहरुको सहभागिताले विशेष आकर्षक बनाएको थियो ।

घरदैलो कार्यक्रममा मेयर, उपमेयर र अन्य पदका उमेदवारहरु सहित ठूलो संख्यामा युवायुवतीहरु सहभागिता रहेको गल्कोटबाट सहकर्मी दिनेश खत्रीले जानकारी दिएका छन् ।

संयुक्त घरदैलो कार्यक्रम पछि आयोजित सभामा बोल्दै मेयरका उमेदवार केसीले आफुले चुनाव जितेमा नेपालभरलाई पुग्ने विद्युत उत्पादन गर्ने बताएका थिए ।

राष्ट्रिय जनमार्चा र नेकपा एमालेको संयुक्त प्यानलबाट उमेदवार केसीले गल्कोट क्षेत्रमा प्रसस्त पानी रहेकोले नेपाल भरलाई पुग्ने विजुली निकाल्न सकिने बताए ।

६४ वर्षिय केसीले आफ्नो मुख्य उद्देश्य गलकोट क्षेत्रको विकास गर्नु रहेको बताउँदै विदेशिएका युवालाई गल्कोट क्षेत्रमै स्वरोजगार मुलक कार्यक्रमको लागि वातावरण गराउने पनि बताए ।

गलकोटमा हाइड्रो पावरको प्रसस्त सम्भावना रहेकोले विदेशमा रहेका नेपालीलाई त्यस क्षेत्रमा लगानी गर्न आग्रह गरिरहेको बताउँदै केसीले अमेरिकामा बस्ने आफ्ना छोरालाई समेत नेपाल नै फर्कन आग्रह गरेको बताए ।

२०३७ सालमा बुटवल क्याम्पसबाट पहिलो स्ववियु सभापति बनेका केसी राष्ट्रिय जनमोर्चाका केन्द्रिय अध्यक्ष चित्रबहादुर केसीका भाइ हुन् ।

दिभरको घरदैलो कार्यक्रम पछी साँझ उमेदवार तथा कार्यकर्ताहरुवीच कार्यक्रम सम्वन्धमा समीक्षा गरिएको पनि सहकर्मी खत्रीले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *