एमाले र जनमोर्चाको चुनावी एकताले बिपक्षीहरु तर्सिए – एमालेका पूर्व अध्यक्ष शर्मा

बागलुङ २०७४ बैशाख २४ । नेकपा एमाले र राष्ट्रिय जनमोर्चाको संयुक्त चुनावी प्रचार अभियान जैमिनी नगरपालिका विभिन्न वडाहरुमा जारी रहेको छ । शनिवार देखी शुरु गरिएको संंयुक्त चुनावी अभियान अन्तर्गत जैदीमा आयोजित चुनावी सभामा बोल्दै नेकपा एमालेका निवर्तमान अध्यक्ष श्रीप्रसाद शर्माले नेकपा एमाले र राष्ट्रिय जनमोर्चाको एकताले विपक्षीहरु तर्सिएको बताए ।

कार्यक्रममा नेकपा एमाले र राष्ट्रिय जनमोर्चाको तर्फबाट जैमिनी नगरका मेयरका उमेदवार नरबहादुर पुन, उपमेयरका उमेदवार रानाले बोलेका थिए ।
कार्यक्रममा जैमिनी नगर पालिका वडा ७ जैदी वडा अध्यक्षका उमेदवार पशुपति शर्मा, नेकपा एमाले जैमिनि नगर पालिकाका इन्चार्ज भुपाल चालिसेले पनि बोलेका थिए ।

राष्ट्रिय जनमोर्चा जैदी ग्राम समितिका अध्यक्ष डिलबहादुर दर्जिको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सावित्री रानाले गरेका थिए ।

यसैगरी शनिवार नै राष्ट्रिय जनमोर्चा र नेकपा एमालेको संयुक्त आयोजनामा जैमिनि नगरपालिका ८ छिस्तीमा भएको सभामा बोल्दै जैमिनी नगर पालिकाका मेयरका उमेदवार पुनले गिलास चिन्हमा मतदान गरि बाम उमेदवारहरुलाई विजयी गराउन आग्रह गरे ।
पुनले माओवादी द्वन्द्वकालमा तत्कालिन शाहीसेना र माओवादीले जनतालाई दुःख दिँदा जनताको साथमा रहेर लडेको बताउँदै जनताले पनि मतदान गरि विजयी गराउने विश्वास व्यक्त गरे ।

उपमेयरका उमेदवार लिलबहादुर रानाले आफुहरु निरन्तर रुपमा राष्ट्रियता र जनताको पक्षमा लडेकोले आफ्नो जित सुनिश्चित भएको बताए ।
कार्यक्रममा नेकपा मसाल बागलुङका प्रवक्ता भरत पौडेलले बोलेका थिए ।

वडा न. ८ छिस्तका वडा अध्यक्षका उमेदवार कुलबहदुर पुन, सदस्यका उमेदवारहरु मनरुपी थापा, दलित महिला मनकुमारी नेपाली, सदस्य रघुनाथ पौडेलले पनि भेटघाट कार्यक्रमलाई तिब्र पारेका छन् ।

राष्ट्रिय जनमोर्चाका जंगबहादुर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मंतव्य भोजराज शर्मा र सञ्चालन रघुनाथ पौडेलले गरेका थिए ।
अभियान अन्तरगत शनिवार पहिलो दिन जैदीमा पनि चुनावी सभा सम्पन्न भएको छ ।

त्यसै गरि राष्ट्रिय जनमोर्चाले बडीगाड गाउँ पालिका २ तक्म्यारमा चुनावी सभा सम्पन्न गरेको छ ।

कार्यक्रममा बडिगाड गाउँ पालिका प्रमुखका उमेदवार भिमसेन वनले जनतालाई दुःख पर्दा पनि र सुख पर्दा पनि आफुहरु रहेको बताउँदै गिलास चिन्हमा मतदान गरि आफुहरुलाई विजयी गराउने विश्वास व्यक्त गरे । कार्यक्रममा उपमेरका उमेदवार रुनमाया थापा, अखिल छैठौका केन्द्रिय महासचिव भिमलाल पोख्रेलले बोलेका थिए ।

रक्तिम सांस्कृतिक अभियानका केन्द्रिय कलाकारहरु सुमन रोका र उषा ताराली मगरले जनवादी गित र नृत्य प्रस्तुत गर्नु भएको थियो ।

बडिगाड गाउँ पालिका वडा न. २ वडाध्यक्षका उमेदवार प्रेमबहादुर पुन, सदस्यका उमेदवारहरु द्रोपति पुन, दोर्ण वन, दिलमाया गिरी, लक्ष्मी परियारले बोल्लेका थिए ।

राष्ट्रिय जनमोर्चाका हिरालाल घर्तिको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन दुर्गा अर्यालले गरेको भएको राष्ट्रिय जनमोर्चाले जनाएको छ ।

निसीखोला गाउपालिकाबाट सहकर्मी कुम्विर विश्वकर्माले दिएको जानकारी अनुसार निसीखोला गाउपालिका ५ को पुतलीबजारमा नेकपा एमाले र राष्ट्रिय जनमोर्चाको भेला सम्पन्न भएको छ।

भेलामा निसीखोला गाउपालिका ५ का राष्ट्रिय जनमोर्चाका वडा अध्यक्ष उम्मेदवार थमन घर्ती मगरको अध्यक्षता र प्रदेश न ४ एमालेका सयोजक लिला शेरचनको प्रमुख आतिथ्यता रहेको थियो।

स्थानीय निकाय बिभाग प्रदेश एमालेका सदस्य टङ्क प्रसाद शर्मा, निसीखोला गाउपालिकाका नेकपा एमाले र राष्ट्रिय जनमोर्चाका सयुक्त प्यानेल प्रमुख उम्मेदवार खिमबिक्रम शाही र उपप्रमुख रुद्र प्रसाद शर्मा, राष्ट्रिय स्वास् कर्मी संघ बाग्लुङ जिल्ला उपाध्यक्ष भुमिराज घर्ती मगर ,अखिल नेपाल महिला संघ बागलुङ जिल्ला उपाध्यक्ष केशकुमारी घर्ती मगर , अखिल नेपाल शिक्षक संघ जिल्ला सदस्य नबराज आचार्यले शुभकामना मन्तव्य दिएका थिए।

स्थानीय चुनाबलाइ मध्यनजर गर्दै गाउँ गाउँमा चुनाब प्रसार प्रचार गर्ने र सम्पुर्ण जनतालाइ बिकास निर्माणमा जोड दिने पार्टीलाई जिताउन आग्रह गर्ने बक्ताहरुले भनेका थिए।

साथै रक्तिम सास्कृतिक अभियानका कलाकारहरुको नृत्य पनि प्रस्तुती रहेको कार्यक्रममा निसीखोला गाउपालिका ६ नेकपा एमालेका अध्यक्ष बिस्णु घर्ती मगरको स्वागत मन्तव्य र वडा ४ का जनमोर्चा अध्यक्ष मिलन हमालको स्वागत मन्तव्य रहेको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *