परिसूचन बालक्लव जैदीको वक्तृत्व प्रतियोगिता सम्पन्न

विजय राना बागलुङ २०७४ बैशाख २४ । परिसूचन बालक्लव बागलुङ जैदीले शनिवार वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।

बागलुङबाट प्रकाशित परिसूचन साप्ताहिक पत्रिकाद्वारा गठित बालक्लवले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा सतिढुङ्गा माध्यामिक विद्यालय कक्षा ९ मा अध्ययनरत समिर गिरी र कक्षा ७ मा अध्ययनरत पर्मिला नेपाली प्रथम भएका छन् ।

त्यस्तै कक्षा १ मा अध्ययनरत अशोक गिरी द्धितिय र कक्षा ८ मा अध्ययनरत अस्मि नेपाली तृतिय भएकी छिन् ।

बाल क्लवका अध्यक्ष बिमल रानाको अध्यक्षतामा सम्पन्न कार्यmक्रमको सञ्चालन सचिव अमृत परियारले गर्नु भएको थियो ।

त्यसै गरि परिसूचन बालक्लव राङखानी किटेनीले पनि ‘भित्र बाहिर’खेल प्रतियोगिता सम्पन्न गरेको छ ।

१६ जना सहभागि रहेको प्रतियोगितामा जनता प्रथामिक विद्यालय राङखानी कक्षा ५ मा अध्ययनरत त्रिशुली पुन प्रथम, ४ मा अध्ययनरत प्रतिमा श्रीष द्धितिय र हिमाल श्रीष तृतिय भएको परिसूचन बाल क्लवले बताएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *