माओबादी केन्द्रव्दारा जिल्लाव्यापी चुनावी प्रचार अभियान सन्चालन

कोपिला कंडेल, बागलुङ २०७४ बैशाख २३ । स्थानिय तहको निर्वाचन नजिकिदै जादा नेकपा माओबादी केन्द्रले जिल्लाका बिभिन्न गाउतथा नगरपालिकाहरुका चुनावी अभियानलाइ सशक्त रुपमा अगाडी बढाएको छ ।

माओबादी केन्द्रले गल्कोट नगरपालिकाका, ताराखोला गाउपालिका ,बरेङ्ग गाउंपालिका, बडिगाट गाउपालिका लगायतका स्थानमा चुनावप्रचार प्रसार एबं घरदैलो र जनभेटघाट कार्यक्रमलाई अगाडी बढाएको नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य एबं बागलुङ्ग जिल्लाका प्रचारबिभाग प्रमुख कृष्ण केसीले बताए ।

माओबादी केन्द्रले आज गल्कोट नगरपालिकाको बिभिन्न भागमा जनभेटघाट तथा घरदैलो गरेको जनाएको छ । गल्कोट नगरपालिकाका मियर पदका उम्मेद्वार एबं माओबादी केन्द्रका केन्द्रिय सदस्य तथा बागलुङ्ग सहईन्चार्ज फमलाल निउरे, केन्द्रिय सदस्य ज्ञामनाथ गैरे, तिलक उप्रेती,उपमियरका उम्मेद्वार एबं माओबादी केन्द्रका जिल्ला सदस्य ललिता थापा लगायतको टोलीले चुनावप्रचार प्रसार गरेको बताईएको छ ।

सो अवसरमा बोल्दै मेयर पदका उम्मेद्वार फमलाल निउरेले मुलुकको अग्रगामी बिकास र परिवर्तनका लागि नेकपा माओबादीलाई मतादान गर्नुपर्ने बताए । संघियता, समावेसिता, गणतन्त्र, धर्मनिरपक्षेता लगायतका माओबादी ऐजेण्डालाई सहि ढङ्गबाट व्यवस्थापन गर्नका लागि माओबादी केन्द्रको जित अपरिहार्य रहनेमा उनको जोड थियो ।

यसैबिच जिल्लाको ताराखोला गाउंपालिकामा अध्यक्षका उम्मेद्वार प्रकाश घर्ति लगायतको टोलीले घरदैलो तथा भेटघाट कार्यक्रमलाई तिव्र रुपमा अगाडी बढाएको माओबादी केन्द्रका पोलिट्ब्युरो सदस्य एबं जिल्ला संयोजक चन्द्र बहादुर बुढा सागरले जानकारी दिए ।

यसैवीच नेकपा माओबादी केन्द्र जैमुनी नगरपालिकाले चुनावी अभियान अन्र्तगत आज जैमुनी ७ सतिढुङ्गमा र जैदीको बतासे डाडांमा चुनावी सभा सम्पन्न गरेको छ । जैमुनि नगरपालिकाका प्रमुख शोभा प्रसाद शर्मा उपप्रमुख देबी प्रसाद शर्मा, एकिृकृत शिक्षक संगठनका केन्द्रिय उपाध्यक्ष झपेन्द्र क्षेत्रि जैमुनी नगरपालिकाका अध्यक्ष लाल बहादुर परियार लागायते सिहांदरबारको अधिकार गाउं नगर सम्म पुर्याउन नेकपा माओबादी केन्द्रलाई बिजयी गराउन माग गर्दै चुनाव प्रचार प्रसार एबं घरदैलो गरको थिए ।

घरदैलो पश्चात आयोजित कार्यक्रममा बोल्दै प्रमुख पदका उम्मेद्वार शोभाप्रसाद शर्माले आफुले जितेमा जैमुनी नगरपालिका भित्रको पुर्वाधार बिकासलाई तिव्ररुपमा अगाडी बढाउने बताए । उनले बिकास र परिवर्तनका लागि नेकपा माओबादीलाई मतदान गरी बिजयी गराउन आग्रह समेत गरे ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *