काठेखोलामा साझा बाम उमेदवारहरु प्रचार अभियानमा

बागलुङ, २०७४ बैशाख २३ । बागलुङको काठेखोला गाउँपालिकामा संयुक्त बाम र राप्रपाको तर्फबाट अध्यक्षमा उमेदवारी दिएका अम्मरबहादुर थापाले बिहुमा आयोजित चुनावी कार्यक्रममा गाउँपालिकाको रुपान्तरणको योजना आफुसंग रहेकोले काम गर्ने अवसर दिनका लागि अनुरोध गरेका छन् ।

राजनीतिक र सामाजिक अभियानमा ३० वर्षसम्म निरन्तर काम गरेको अनुभवका आधारमा काठेखोला गाउँपालिकाको मुहार फेर्ने योजना कार्यान्वयन गर्नका लागि सहयोग गर्न उनले सबै काठेखोलावासीहरुसंग अपिल गरे ।

कार्यक्रममा साझा बाम तथा राप्रपाका तर्फबाट काँठेखोला वडा नं. ६ को अध्यक्षका उमेदवार युक्तप्रसाद कंडेलले जनतालाई आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा रुपान्तरण गर्नका लागि आफुले उमेदवारी दिएको बताए ।

टोलीले वडा नं. ६ का खोलाखेत, पिडाल्ला, ओटीडाँडा, हटिया, बिहुकोट, ठुलापोखरी, फापरचौर लगायतका स्थानमा घरदैलो गरी जभेटघाट सम्पन्न गरेको छ ।

टोलीले शनिवार नै वडा नंं ५ उपल्लो बिहुमा समेत घरदैलो, भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । टोलीमा वडा नंं ५ का एमाले उमेदवार परमानन्द कंडेल, एमाले वडा अध्यक्ष डिल्लीप्रसाद कंडेल, क्षेत्रीय सदस्य हिरा कंडेल लगायतको सहभागिता रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *