एमाले, राप्रपा र राजमोका संयुक्त उम्मेदवार घरदैलो कार्यक्रममा

बागलुङ, २०७४ बैशाख २३ । स्थानीय तहको निर्वाचनको मिति नजिकीदै गर्दा बागलुङ नगरपालिका नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनमोर्चाको संयुक्त बामका उम्मेदवार बनेका उम्मेदवारहरुले घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन् ।

शनिवार बानपा ८ सिगाना र बानपा ९ तित्याङका विभिन्न स्थानहरुमा चुनावी सभा तथा घरदैलो अभियान सम्पन्न गरिएको छ ।

अभियानमा बागलुङ नगरपालिकाको नेकपा एमालेको तर्फबाट मयेरपदका उमदेवार जनक पौडेलले आफु जनताका भावनासंग सदा रहेकाले स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेको नेतृत्वले मात्र बागलुङ नगरलाई समृद्ध नगरको रुपमा विकास गर्न सम्भव भएको बताए । नेकपा एमालेले एक घर एक रोजगारको व्यवस्था, विकासका पूर्वाधार शिक्षा, स्वास्थ्य, खानेपानी व्यवस्थापन र सडक निर्माण तथा मर्मत लगायतको विकास निर्माणका कार्यलाई प्राथमिकतामा राखेको प्रतिवद्धता व्यक्त गरेका थिए ।

त्यस्तै राप्रपाको तर्फबाट बागलुङ नगरपालिकाकोे उपमयेर पदका उमेदवार सुरेन्द्र खडकाले जिल्लाको समृद्ध विकास र निकासका लागि राष्ट्रवादी गठबन्धनको नेतृत्व आवश्यक रहेको बताउदै खड्काले स्थानीय तहको निर्वाचनमा राष्ट्रवादी गठनबन्धनले मुख्य पार्टीमा निराशा छाउन थालेको दावी गरे ।

सोही अवसरमा पूर्व राज्य मन्त्री राम्जी शर्माले नेकपा एमालेको लहर ग्रामिण स्तरसम्म बढ्ढो क्रममा भएकाले आसन्न स्थानीय तहको निर्वाचनमा मतदाताहरु नेकपा एमालेलाई मतदान गर्न आतुर रहेको बताएका थिए ।

सोही अवसरमा नेकपा एमाले बानपा ९ वडा अध्यक्षका उमेदवार गणेश थापाले समग्र तित्याङकको आर्थिक, भौतिक, शैक्षिक, कला सांस्कृतिक लगायतको विषयमा जानकारी गराउदैँ तित्याङकका हरेक क्षेत्रको विकासका लागि आफ्नो उमेदवारी योग्य भएको दावी गरे । नेकपा एमाले बानपा ९ का वडा अध्यक्षका उमेदवार गणेश थापा, नेकपा एमाले जिल्ला सचिवालय सदस्य सुजन परियार,पुनरावेदन बार एशोसेसनका अध्यक्ष राम शर्मा, उद्योगपति सुवास राजभण्डारी, प्रविण कुमार श्रेष्ठ लगायतले बोलेका थिए ।

आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमाले, राप्रपा र राष्ट्रिय जनमोर्चाको गठबन्धन पछि चुनावी प्रचारप्र्रसार अभियानलाई तिव्रता दिइएको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *