पश्चिम निसीभूजीमा राजनैतिक दलहरुको चुनावी प्रचार तीब्र

खेमराज अर्याल, बुर्तिबाङ २०७४ बैशाख २३ । नेकपा एमालेको चुनावी प्रचार प्रसार अभियान अन्र्तगत आज ढोरपाटन नगरपालिकाको वडा नम्बर ३ मा चुनावी सभा भएको छ । ढोरपाटन नगरपालिका एमालेका तर्फबाट मेयर पदका उम्मेदवार देवकुमार नेपाली उपमेयर पदका उम्मेदवार करमती घर्ती अखिल नेपाल किसान महासंघका केन्द्रिय सदस्य मोहनलाल शर्माको उपस्थितिमा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मोहनलाल शर्माले राष्ट्रियताको रक्षाका लागी नेकपा एमालेका उम्मेदवारलाई विजयी गराउन आग्रह गरेका थिए ।
ढोरपाटन नगरपालिका एमाले मेयर पदका उम्मेदवार देवकुमार नेपालीले आफु दलित समुदायको प्रतिनिधत्व गर्दै उम्मेदवार बनेको भन्दै दलित समुदायको स्तर वृद्धीका लागी आफुलाई विजयी गराउन आग्रह गरे । उनले बागलुङ पश्चिम क्षेत्रमा राज्यको नजर पुग्न नसकेको अवस्थामा स्थानिय निर्वाचनले आफ्नो गाँउ आफै बनाउने मौका आएको भन्दै यस क्षेत्रको विकासका लागी आफुले व्याक्तिगत रुपमा पनि सहयोग गर्दै आएको र स्थानिय निर्वाचन मार्फत काम गर्ने अवसर प्रदान गर्न आग्रह गरेका थिए ।
उता नेपाली काग्रेसले तमानखोला गाँउपालिकाको वडा नम्बर १ स्याउला र सोम्मर टोलमा आज चुनावी कार्यक्रम गरेको छ । यही वैसाख ३१ ग्ते हुने स्थानिय तह निर्वाचनमा नेपाली काग्रेसका उम्मेदवारलाई विजयी गराउन आग्रह गर्दै कार्यक्रम गरेको हो ।
कार्यक्रममा नेपाली काग्रेसमा क्षेत्रिय उपसभापति नरजङ घर्ती नेपालीकाग्रेस तमानखोला गाँउपालिका अरधयक्ष उम्मेदवार जोकलाल बुढा उपाध्यक्ष उम्मेदवार मानसरी सेरचन काग्रेस तमानखोला गाँउपालिका सहसंयोजक झक बहादुर बुढा वडा नम्बर १ का अध्यक्ष उम्मेदवार धर्म बहादुर घर्ती वडा सदस्य उम्मेदवार टेक बहादुर घर्ती उठविर विक खुल्ला महिला सदस्यतर्फका उम्मेदवार रितादेवी रोका दलित महिला सदस्य हिमसरा विक साविकको वोंगादोभान गाविस काग्रेस सभापति मोतिप्रसाद घर्ती सुर्यप्रकाश घर्ती नेविसंघ चुनाव प्रचार प्रसार संयोजक सुरेन्द्र छन्त्याल लगाएतले चुनावमा काँग्रेसलाई मतदान गर्न आग्रह गरेका थिए ।
राष्ट्रिय जनमोर्चाले पनि आजै ढोरपाटन नगरपालिका वडा नं. २ खलबाङमा चुनाव केन्द्रित कार्यक्रम गरेको छ । कार्यक्रममा राजमो जिल्ला सचिव धर्म बहादुर कुवँर ढोरपाटन नगरपालिका मेयर पदका उम्मेदवार गौरीश्वर पाण्डे उपमेयर पदका उमेदवार दुर्गादेवी घर्ति मगर लगाएतले स्थानिय तहका निर्वाचनमा राष्ट्रिय जनमोर्चालाई मतदान गर्न आग्रह गरेका थिए ।
कार्यक्रम रुद्र परीयारको अध्यक्षता राजमो जिल्ला सचिव धर्म बहादुर कुवँरको प्रमुख आतिथ्यता र ज्ञानेन्द्र परीयारको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *