बानपा- ७ तितौरेमा २० वर्षिया युवतीव्दारा आत्महत्या !

बागलुङ, २०७४ बैशाख २३ । बागलुङ नगरपालिका-७ तितौरेमा एक महिलाले पोटुकाले पासो लगाएर आत्महत्या गरेकी छिन् । तितौरे निवासी रमेश कार्कीकी २० वर्षिया श्रीमती प्रतिक्षा कार्कीले कोठाको दलिनमा झुण्डिएर आत्महत्या गरेको स्थानीयले बताएका छन् ।

शनिवार विहान श्रीमान श्रीमती दुबै जना गहुँ काटेर घरमा फर्किएका थिए । खानपिन गरी कोठामा गएकी प्रतिक्षाले कोठा बन्द गरेकी र ढोकाको चरबाट झुण्डिएको अवस्थामा देखेपछी रमेशले बन्चरोले ढोका फोडेर भित्र जाँदा निजको मृत्यु भैसकेको बताईएको छ ।

तितौरेका रमेश र तित्याङकी प्रतिक्षावीच गत २०७३ साल भदौ महिनामा विवाह भएको थियो ।

मृतकको शव पोष्टमार्टमको लागि धौलागिरी अन्चल अस्पताल ल्याईएको छ । घटनाको प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *