एमालेको चुनावी सभामा उर्लियो जनसागर : विष्टले, भने स्वतन्त्र न्यायपालिकाको सम्मान गर !

प्रेम सुनार, गुल्मी, २०७४ बैशाख २३ । नेकपा एमालेका सचिव तथा गुल्मी क्षेत्र नम्वर ३ का सांसद गोकर्ण विष्टले सरकारलाई स्वतन्त्र न्यायपालिका र प्रधानन्याधीश सुशिला कार्कीको सम्मान गर्न सुझाव दिएका छन् ।

गुल्मीको ईस्मा गाउँपालिकामा नेकपा एमालेले आयोजना गरेको विशाल चुनावी सभालाई सम्वोधन गर्दै सरकारलाई उनले यस्तो सुझाव दिएका हुन् ।

‘यो सरकारले प्रधानन्यायाधिस शुसिला कार्कीलाई महाअभियोग लगाएर स्वतन्त्र न्यायपालिकाको अधिकार माथी हस्तक्षेप गरेको छ ’उनले भने–‘ तर सर्वोच्च अदालतले अहिले प्रधानन्यायाधिस कार्कीको पक्षमा जुन फैसला गरेको छ त्यसले पुनः स्वतन्त्र न्यायपालिकाको सम्मान भएको छ । ’

नेता विष्टले सरकारलाई कडा चुनौती दिदै थपे–‘महाअभियोग प्रस्ताव कुनैै पनि हालतमा पास हुन नेकपा एमालेले दिने छैन यसर्थ यो सरकारले महाअभियोग प्रस्ताव तत्काल फिर्ता लिएर न्यायालयको सम्मान गरोस् । ’

उनले ५ नम्वर प्रदेशबाट तराईका जिल्ला टुक्राउन पनि नेकपा एमालेले कदापी नदिने उद्घोष गरेका थिए । विष्टले आफ्नो निर्वाचन क्षेत्र नम्वर ३ देशकै नमुना निर्वाचन क्षेत्र बनाउने आस्वासन समेत दिएका थिए ।

कार्यक्रमा नेकपा एमाले गुल्मीका प्रभावशाली जिल्ला नेता तथा पुर्व सांसद कमलराज श्रेष्ठ , जिल्ला अध्यक्ष मधुकृष्ण पन्त , नेकपा एमाले शिक्षा विभाग प्रमुख पिएलमणी पोखरेल , नेकपा एमालेको तर्फबाट ईस्मा गाउँपालिका प्रमुख उमेदवार लक्ष्मण विष्ट, जिल्ला पार्टी सचिवालय सदस्य हिरा एसी लगायतका नेताहरुले मन्तव्य राखेका थिए ।

सभामा विभिन्न पार्टी परित्याग गरी सयौं कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका थिए । चुनावी सभामा नेकपा एमालेले विपक्षी विरुद्ध ठुलै शक्ति प्रदर्शन गरेको थियो ।
चुनावी सभामा लोकगायक बैकुण्ठ महत , वावुराम पन्थी , मदन खनाल , महेन्द्र भण्डारी लगायतले जनवादी गीत प्रस्तुत गर्नुका साथै स्थानिय कलाकारहरुले मनोरञ्जन समेत प्रदान गरेका थिए ।

नेकपा एमाले ईस्मा गाउँपालिका निर्वाचन परिचालन कमिटीका संयोजक नारायण पैयाँनीको अध्यक्षतामा सम्पन्न चुनावी जनसभामा एमालेको तर्फबाट उपप्रमुखकी उमेदवार विमला केसीको स्वागत मन्तव्य र चर्चित सञ्चारकर्मी मदन खनालको सञ्चालन रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *