काँग्रेसको चुनावी अभियान रायडाँडामा: काँग्रेसलाई जिताउन उमेदवारको आग्रह

बागलुङ २०७४ बैशाख २३ । स्थानिय तहको निर्वाचनमा नेपाली काग्रेसले चुनावी अभियान तिव्र पारेको छ । नेपाली काग्रेस बागलुङ नगरपालिका प्रमुख ,उपप्रमुख एवं वडा अध्यक्ष सहितका उम्मेदवारहरुले शनिवार बानपा ११ को रायडडा र १०को भकुन्डे वडा मा चुनाव अभियान सम्पन्न गरेको छ ।

बानपा ११ रायडाँडामा भएको चुनावी अभियानमा बोल्दै नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं सांसद रत्ना शेरचनले नेपाली काग्रेसले जिल्लाको विकास निमार्णमा महत्वपुर्ण भुमिका खेल्दै आएको र स्थानिय तहमा पनि पार्टी कटिवद्ध भएर लाग्ने बताईन ।

उनले बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली काग्रेसका उम्मेदवारहरुलाई विजयी गराई समृद्ध विकासमा साथ दिन आग्रह गरेकी थिईन ।

त्यसैगरि बानपाका मेयर पदका उम्मेदवार बसन्तकुमार श्रेष्ठले अहिलेको स्थानिय तहको निर्वाचनलाई नेपाली जनताको विकास र निकासका लागि रुख चिन्हमा मतदान गरी विजयी गराउनुपर्ने बताउदै बानपाको चौतर्फी विकासमा महत्वपुर्ण भुमिका खेल्ने बताए ।

त्यसैगरि उपमेयरका उम्मेदवार सकुन्तला शर्माले स्वास्थ्य, शिक्षा, रोजगारी लगाएत अन्य क्षेत्रको विकासमा आफु कटिबद्ध भएर लाग्ने हुदा आफुलाई विजयी गराउन आग्रह गरेकी थिईन ।

यस्तै बानपा ११ वडा अध्यक्षका उम्मेदवार ज्ञानेन्द्र गौतमले स्थानिय तहको विकासमा आफु अहोरात्र खटिने हुदा आफुलाई मतदान गरि विजयी गराउन सबैलाई आग्रह गर्दै आफुले वडाको विकासमा जस्तोसुकै परिस्थितिमा पनि एक भएर लाग्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।
चुनावी सभामा सांसद चम्पादेवी खडका, नेपाली काग्रेसका पार्टी सभापति दिपेन्द्रबहादुर थापा, महासमिति सदस्य किरण पौडेल लगाएले बोलेका थिए ।

नेपाली काग्रेस बानपा ११का कोषाध्यक्ष घनश्याम पौडेललको अध्यक्षता र सचिव अमृत सुवेदीको संचालनमा सभा सम्पन्न भएको थियो । यस्तै बानपा ११ मा नेपाली काग्रेसको चुनावी अभियान अन्र्तगत घरदैलो कार्यक्रम समेत सम्पन्न भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *