निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गर्न सरोकारवालाको भुमिका महत्वपूर्ण

कोपिला कंडेल, बागलुङ २०७४ बैशाख २३ । जिल्ला प्रसाशन कार्यालय एबं जिल्ला निर्वाचन कार्यालय बागलुङको संयुक्त आयोजनामा स्थानिय तह निर्वाचनका अवसरमा मतदान अधिकृत तथा सहायक मतदान अधिकृतका लागि आजदेखी मतदाता शिक्षा तथा मतगणना सम्बन्धी २ दिने प्रशिक्षण कार्यक्रम शुरु भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै मुख्य निर्वाचन अधिकृत एबं जिल्ला न्यायाधीस हेमलाल बेलबासेले निर्वाह गर्नुपर्ने बताए । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गर्नका लागि सरोकारवालाले महत्वपुर्ण भुमिका निर्वाचन अधिकृत बेलवारेले निर्वाचनलाई निर्वाध रुपमा संचालन गर्नका लागि मतदान अधिकृत एबं सहायक मतदान अधिकृतले निर्वाचन सम्बन्धी निर्देशिका र ऐन नियमहरु अध्ययन गरेर सम्बन्धीत मतदान केन्द्रमा प्रवेश गर्न आग्रह गरेका थिए ।

त्यसैगरी प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले राज्यको ढुकुटी खर्च गरेर निर्वाचनमा खटिने कर्मचारीले कसैप्रति पुर्वाग्रह नराखी कार्य सम्पादन गर्नुपर्ने बताए । उनले निर्वाचनलाई भयरहित बनाउनका लागि नेपाल प्रहरी सशस्त्र प्रहरीलगायतको धुम्ती टोली खटाईएको चर्चा गर्दै मतदान अधिकृतलाई संयमित भएर कार्य गर्न निर्देशन दिए । प्रजिअ पाण्डेले मतदान पश्चात सुरक्षित रुपमा मतपत्र जिल्लामा ल्याईपुर्याउनका लागि समेत प्रशासनले सुरक्षा ब्यवस्थाको तयारी गरेको जानकारी दिए ।

त्यसैगरी जिल्ला निर्वाचन अधिकारी बिकास चन्द्र शर्माले निर्वाचनको सम्पुर्ण तयारी पुरा हुनलागेको जानकारी दिदै शर्माले निर्वाचन सामग्री मतदान केन्द्र सम्म पुर्याउनका लागि प्याकीङ्ग गरिसकेको बतमए ।

नर्वाचन प्रणाली जटिल भएकोले सबैले साबधानी अपनाउनुपर्ने भन्दै निर्वाचन अधिकारी शर्माले स्थानिय तहको निर्वाचनको निर्देशिका अनुसार निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

यहि बैशाख २८ गते देखी ३०गते सम्म मतदाता परिचय पत्र वितरण हुने जनाएको छ । सो अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी धुव्र गिरी र जिल्ला समन्वय समितिका स्थानिय बिकास अधिकृत राम प्रसाद आचार्य लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *