बिहुँ र तंग्राममा नेपाली काँग्रेसको चुनावी सभा तथा घरदैलो कार्यक्रम

भरत सापकोटा बागलुङ बैशाख २३ । नेपाली कांग्रेस काठेखोला गाउपालिका अन्तर्गत बिहुँकोट र तंग्राममा घरदैलो तथा चुनावी सभा सम्पन्न भएको छ।
नेपाली कांग्रेसको घरदैलो अभियान कार्यक्रम अन्तरगत बिहुँकोट दहपानि र तंग्राम ९ फापरखेतमा सम्पन्न गरेको नेपाली काग्रेस जिल्ला सदस्य महेन्द्र पुनले जानकारी दिए ।

कार्य्रमममा वोल्दै नेपाली कांग्रेस काठेखोला गाउॅपालिका प्रमुखका उमेदवार होमबहादुर हमालले आफुहरुले नेपाली जनताको विश्वास र मनोभावना दुबै बुझेको यस छेत्रको विकास र जनताको दुख सुखमा साथ दिईरहेको बताउदै त्यस्लाई निरन्तरता दिदै थप विकासको ढोका उघार्न नेपाली काँग्रेसलाई मत दिएर जिताउन आग्रह गरे।

त्यसै अवसरमा नेपाली कांग्रेस बागलुङ का पूर्व पार्टि सभापति मणिभद्र शर्मा कडेंल, जिल्ला सदस्य तथा उपप्रमुखका उमेदवार ज्ञानकुमारी शर्मा श्रीस, जिल्ला सदस्यहरु महेन्द्र पुन खिमान्नद पौड्याल क्षेत्रीय उपसभापति एवं वडा नम्बर ५का वडा अध्यक्ष उमेदवार शिव प्रसाद कडेल लगाएत ले वोलेको सो कार्यक्रमको संनचालन को संचालन नारायणदत्त कडेलले गरेका थिए ।्््

कार्यक्रम लेखानि मा पनि हुने जानकारी दिईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *