गुल्मीमा भिरबाट लडेर समाजसेवी देविप्रसाद पाण्डेको मृत्यु

प्रेम सुनार, गुल्मी, २०७४ बैशाख २३ । खानेपानी योजना मर्मत गर्ने क्रममा गुल्मी हुँगाका एक जना समाजसेवीको भीरबाट लडेर मृत्यु भएको छ । हालको छत्रकोट गाउँपालिका १ , हुँगाका ५९ वर्षिय समाजसेवी देविप्रसाद पाण्डेको आज निधन भएको श्रृंङ्गा प्रहरी चौकीले जनाएको छ ।

खानेपानीको मुहानमा पुगेर मर्मत गर्ने क्रममा सल्लीपिरलमा चिप्लिएर चार सय मिटर तल खसेका पाण्डे घटना स्थलमै मृत्यु भएको स्थानिय अनन्तराम भण्डारीले जानकारी दिए । उनि डाङ्गे्र हुँगा खानेपानी योजनामा गत दुई वर्ष देखि मर्मत सम्भारमा कार्यरत रहेको जनाईएको छ ।

पाण्डे लामो समय देखि नेकपा एमालेका सक्रिय कार्यकर्ता थिए । नेकपा एमालेले पाण्डेका पार्थीव शरीरमा आजै पार्टीको झण्डा ओढाएर रिडीमा सम्मान सहित अन्तिम विदाई गरेको छ ।
((

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *