संघीय समाजवादी पार्टीको घरदैलो कार्यक्रम

बागलुङ २०७४ बैशाख २३ । संघीय समाजवादी पार्टी फोरम र नयाँ शाक्ति पार्टी नेपालले बागलुङ नगरपालिकामा चुनावी घरदैलो कार्यक्रम सुरु गरेका छन् ।

संघीय समाजवादी पार्टी फोरमको तर्फबाट मेयर पदका उमेदवार रेशम थापाको नेतृत्वमा बागलुङ नगरपालिका ३ गुठिबाट घरदैलो अभियान सुरु गरेको होे ।
घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा उमेदवारहरु सन्देश खड्का, भक्तबहादुर विक लगायतको सहभागिता रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !