स्थानीय निकायको निर्वाचनसँगै राजनैतिक दलहरु मत माग्दै गाउँगाउँमा

सुमन सुनार, बुर्तिबाङ २०७४ बैशाख २३ । नेपाली काँग्रेसका तर्फबाट ढोरपाटन नगरपालिकाका मेयर तथा उपमेयर पदका उमेदवारहरु शुक्रवार अधिकारीचौरमा कार्यक्रम सहित घरदैलो गरेको जनाएका छन् । मेयर पदका उमेदवार अर्जुन शेरचन र उपमेयर पदका उमेदवार दिलमायाँ पौवी सहितको काँग्रेस प्रचार प्रसार टोली शुक्रवार अधिकारीचौरमा चुनवा प्रचार प्रसार गरेको छ ।

यस्तै नेकपा एमालेको चुनावी प्रचार प्रसार अभियान अन्तर्गत शुक्रवार नै ढोरपाटन नगरपालिका वडा नं. ४ खुंगाको विभिन्न ठाँउमा पनि घर दैलो कार्यक्रम सम्पन्न भएको छ ।

नेकपा एमाले ढोरपाटन नगरपालिका वडा नं. ४ खुंगाका चुनाव प्रचार प्रसार संयोजक यमकान्त गैरेको सहितको टोलीले खुंगाको देउरालीधारा, सिनिका, गाँउमुनी र छोरेगाँउमा घर दैलो कार्यक्रम सम्पन्न भएको प्रचार प्रसार संयोजक गैरेले बताए ।

यस्तै माओवादी केन्द्रका तर्फबाट नगरपालिकाका मेयर पदका उमेदवार शेरमान घर्ति र उपमेयर पदका उमेदवार बिप्सना घर्ति सुनार सहितको टोलीले शुक्रवार वडा नंं २ को खलबाङमा सभा सहितको कार्यक्रम गरेको जनाएको छ ।

माओवादी केन्द्र ढोरपाटन नगरपालिकाका अध्यक्ष चन्द्रलाल अर्यालको अध्यक्षता, माओवादी केन्द्रका केन्द्रिय सम्मेलन आयोजक कमिटिका सल्लाहकार तुल्सीराम अर्यालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा मेयर पदका उमेदवार शेरमान घर्ति मगर, उपमेयर पदका उमेदवार बिप्सना घर्ति सुनार, थम प्रकास पुन, बीर बहादुर विश्वकर्मा लगायतले चुनावमा माओवादी केन्द्रका उमेदवारलाई मत दिन आग्रह गरेका थिए । ।

यस्तै राष्ट्रिय जनमोर्चाको टोलीले पनि शुक्रवार अधिकारीचौरको नाथुरीमा सभासहितको घरदैलो कार्यक्रम गरेको जनाएको छ । राष्ट्रिय जनमोर्चाका तर्फबाट वडा नं. ५ का वडा अध्यक्ष पदका उमेदवार तुल्सी खरेल, नगरपालिकाको मेयर पदका उमेदवार गौरीश्वर पाण्डे र उपमेयर पदका उमेदवार दुर्गादेबी घर्ति मगर लगायतले निर्वाचनमा गिलास चिन्हमा मतदान गरेर जिताउन अपील गरेका थिए । सो टोली नगरपालिकाको वडा नं. ५ नाथुरीमा जनभेटघाटमा रहेको जनाइएको छ । राष्ट्रिय जनमोर्चाले शनिवार नगरपालिकाको ९ वटै वडामा वडा अध्यक्ष तथा सदस्यहरु सहितको टोलीले आ आफ्ना वडाका विभिन्न स्थानमा मतदाता भेटघाट कार्यक्रममा रहेको जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *