तंग्राममा सयुक्त वामको चुनावी संग्राम : वामपन्थीको जीत आवश्यक

बागलुङ, २०७४ बैशाख २३ । बागलुङ जिल्लाको काठेखोला गाउँपालिकामा तालमेल गरेर निर्वाचन जित्ने अभियानमा होमिएका वामपन्थी दलहरुले तंग्रामबाट संयुक्त चुनाव प्रचार अभियान थालेका छन् ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाबीच काठेखोला गाउँपालिकामा तालमेल गरेर अगाडि बढ्ने सहमति भए अनुसार काठेखोलाको अध्यक्षमा एमालेका अम्मरबहादुर थापा र उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका अर्जुन केसीले उमेदवारी दिएका छन् ।

तालमेल भएको भोलीपल्टै राष्ट्रिय जनमोर्चा काठेखोला गाउँपालिका वडा नं.४ ले उमेदवार स्वागत कार्यक्रम आयोजना गरेको थियो । कार्र्यक्रममा बोल्ने वक्ताहरुले ३ वटा वामपन्थी दलहरुको चुनावी तालमेलपछि जीत सुनिश्चित भएको दावी गरे ।

वामपन्थीहरुको जनमत रहेको काठेखोलाको समग्र विकासका लागि अम्मरबहादुर थापा नेतृत्वको टोलीले जित्न आवश्यक रहेको वक्ताहरुको भनाइ थियो ।

समृद्ध काठेखोला गाउँपालिकाका लागि युवा तथा दुरदर्शी व्यक्तित्व अम्मरबहादुर थापाप नेतृत्वको संयुक्त प्यानललाई मतदान गर्न उनीहरुले आव्हान गरे ।

सडक, शिक्षा, स्वास्थ्य, खानेपानी लगायत समग्र विकासका लागि साझा वाम उमेदवारहरुको विकल्प नभएको दावी गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमरबहादुर थापा, नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य मना केसी, एमाले केन्द्रीय उर्जा तथा जलस्रोत विभागका सदस्य हिराबहादुर केसी, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्ण थापा लगायतले बोलेका थिए ।

कार्यक्रममा नेकपा एमालेका तर्फबाट काँठेखोला गाउँपालिकाको अध्यक्षका उमेदवार अम्मरबहादुर थापा र वडा नं. ४ मा राष्ट्रिय जनमोर्चाका तर्फबाट वडा अध्यक्षका उमेदवार तिलक थापाले प्रतिवद्धता मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम राष्ट्रिय जनमोर्चा तंग्रामका अध्यक्ष ओमबहादुर पुनको अध्यक्षता, काठेखोला गाउँपालिकाका सहसंयोजक लक्ष्मण पुनको स्वागत र टिका संगम विकको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *