के दोष थियो र गर्भ मै संक्रमित ती अवोध बालिकाको ?

यसबखत यस हरफकारलाई ९ वर्षकी भगवती रोका (नाम परिवर्तित) संक्रमित बालिकाको संझना आईरहेछ । भगवती रोका, बागलुङ सदरमुकाममा रहेको एचआईभी एड्सको क्षेत्रमा क्रियाशील एक संस्थामा उपचारको सिलसिलामा दुई हप्ता जति बसेकी रहिछन् । बसाईका क्रममा उनले, ‘म सँधै यहिँ बसी रहन्छु है… मैले यहाँ कति मिठोसंग खान पाउँछु, मलाई कति पढन मन लाग्छ… कापी कलम किन्दिनुस्न है… ‘ भनि रहँदा त्यहाँ कार्यरत सबैको मनमा अति नमीठो अनुभूति भएछ । तर २ हप्ता भन्दा बढी समय राख्न नमिल्ने संस्थाको नियमका कारण उनलाई त्यहाँबाट बिदा गर्दाको क्षण निकै नरमाईलो लागेको स्मरण संस्थामा कार्यरत एक महिला कर्मचारीले सुनाउदा ती बालिकाको बारेमा केहि खोतल्न मन लाग्यो ।

उनका बाबु आमा करीब ८ वर्ष पहिले पूर्व तिरबाट निर्माण सम्वन्धि कामको सिलसिलामा एक वर्षकी भगवतीलाई काखमा लिएर बागलुङ आएका रहेछन् । सुने अनुसार बागलुङ आए लगत्तै भगवतकी आमाको मृत्यु भएको रहेछ । आमाको निधनसंगै टुहुरी बनेकी भगवतीलाई बाबुले अर्की आमा ल्याईदिए । बाबु छोरीले बागलुङमा परीक्षण गराउदा दुबैमा एचआईभी पोजिटिव देखिएपछी उनिहरुले उपचार सुरु गरेका रहेछन् । झण्डै एकवर्ष पहिले भगवतीका बुबाको मृत्यु भएपछी उनी झनै टुहुरी र बेसहारा बन्न पुगेकी रहिछन् ।

समाजमा संक्रमित जीवन बिताईरहेका अवोध बालबालिकाहरुका पनि मीठा सपना हुन्छन् । वल्लो पल्लो घरका बालबालिकहरु जस्तै मिठो खाएर, सुकिला लुगा लगाएर, घाँटीमा टाई बाँधेर स्कूल पढने रहर हुन्छ । छरछिमेकी बालसखाहरुसंग दौडिने, उफ्रिने, रुने हाँस्ने खेल्ने, झगडा गर्ने मन हुन्छ । छिमेकीका छोरा छोरी जस्तै डाक्टर, इन्जिनियर, नर्स, जर्णेल, कर्णेल हुने ईच्छा हुन्छ ।

र अहिले सज्ञान भयो, अनाथ टुहुरी भगवतीको बागलुङ बजारमा हालै स्थापित मानवसेवा आश्रममा पालन पोषण भैरहेको छ । यस पुण्यकार्यको लागि जति आशिष् दिएपनि कमै हुन्छ मानवसेवा आश्रमका सन्चालकहरुलाई । कसैले गर्न नचाहेको काम आश्रमले गरेको रहेछ, साधुवाद छ मानव सेवा आश्रम र यसमा कृयाशील समाजसेवीहरुलाई ।

यतिखेर, भगवती संगै आश्रममा बस्ने अन्य दुई बालबालिकालाई सदरमुकामको एक बोर्डिङ स्कूलमा पठनपाठनका निम्ति भर्ना गर्न लैजाँदा स्कूलले उनलाई मात्रै संक्रमित भनेर पढाउन ईन्कार गरेर फर्काई दिएको कुरा बाहिर आएको छ । भोलि संगै बस्ने दुई संगीहरु बोर्डिङ स्कूल पढन जाने आफु जान नपाउँदा अनाथ भगवतीको बालसुलभ हृदयमा कति नमीठो पीडाको अनुभूति होला, कल्पना सम्म गर्न सकिन्न । तसर्थ आश्रमले तीनै जना बालबालिकाले एकै विद्यालयमा अध्ययन गर्ने प्रवन्ध मिलाउनु आवश्यक देखिन्छ ।

***

जन्मिदै एचआइभी एड्स संक्रमित हुन पुगेका बालबालिकाहरुलाई समाजमा आफना दामलीहरुसंग खानपिन गर्न, हाँस्न, रमाउन, पढन, खेल्न सहज छैन । बाबुआमाको लापर्वाहीले गर्दा संक्रमित हुन पुगेका अवोध बालबालिकाहरु हेलत्वको जीवन बिताउन बाध्य छन् । उनिहरुलाई समाजले सहजै स्वीकार गरेको अवस्था छैन । यति सम्मकि समाज संक्रमित बालबालिकाहरुको निकट आफना नानीहरुलाई देख्न सम्म चाहन्न ।

यता संक्रमित अवस्थामा जन्मलिनु, उता बाबुआमाले ज्यान गुमाएर टुहुरा टुहुरीको अवस्थामा पुग्नु अनि अर्कोतिर समाजले तिरस्कृत दृष्टिले हेर्दा ती निर्दोष एवं अवोध बालबालिकाहरुको कलिलो मनमस्तिष्कमा कति नकारात्म प्रभाव पर्न जान्छ त्यो साधारण अनपढ मानिसले पनि बुझन र सम्झन सक्छ ।

सोध्न मन लागेको छ, कहाँ छ जिल्लाको एड्स समन्वय समिति ? खोज्न मन लागेको छ, कहाँ छन एड्स संक्रमितको नाममा खोलिएका संस्थाहरु ? भन्न मन लागेको छ, कता लुकेका छन स्वनामधन्य मानवतावादीहरु अनि बाल अधिकारवादीहरु ? वर्षको एक चोटी एड्स दिवस मनाउदैमा कर्तव्य पूरा हुन्छ ? अनि लोकतान्त्रिक चोकमा वर्षमा एक चोटी मैनबत्ति प्रज्वलित गरेर एड्सको संक्रमण रोकिन्छ ?

समाजमा संक्रमित जीवन बिताईरहेका अवोध बालबालिकाहरुका पनि मीठा सपना हुन्छन् । वल्लो पल्लो घरका बालबालिकहरु जस्तै मिठो खाएर, सुकिला लुगा लगाएर, घाँटीमा टाई बाँधेर स्कूल पढने रहर हुन्छ । छरछिमेकी बालसखाहरुसंग दौडिने, उफ्रिने, रुने हाँस्ने खेल्ने, झगडा गर्ने मन हुन्छ । छिमेकीका छोरा छोरी जस्तै डाक्टर, इन्जिनियर, नर्स, जर्णेल, कर्णेल हुने ईच्छा हुन्छ ।

उच्च चाहना लिएर हुर्कदै गरेका यी अवोध बालबालिकाहरुको दीर्घ जीवन र उज्वल भविष्यका लागी न्यूनतम आवश्यकता सम्म समाजले परिपूर्ति गर्न नसकेको (नचाहेको) अवस्थामा उनिहरुको भविष्य कति अन्धकारमय छ भनेर सहजै अनुभव गर्न सकिन्छ । बिद्यालयले पढाउन मान्दैन, छरछिमेकीले फुटेको आँखाले हेर्न रुचाउन्नन् । बाबु आमा गुमाई सकेका संक्रमित बालबालिकाहरुलाई विहान बेलुकी हात मुख जोर्न पनि धौ छ । अरु केटाकेटीहरुले खाएको हेरर थुक निल्दै पेट भर्ने गरेका यी बालबालिकाहरुलाई समाजले हेर्ने, सोँच्ने दृष्टिमा परिवर्तन आवश्यक छ । एक पटक ठण्डा दिमागले सोँचौ त, कति टीठ लाग्दो कठीन र दयनीय अवस्थामा उनिहरुको दैनिकी गुज्रिएको छ । के दोष थियो र, गर्भमै संक्रमित भएर जन्म लिएका यी अन्जान बालबालिकाहरुको, र समाजलेपनि घृणाको दृष्टिले हेर्ने ?

***

सोध्न मन लागेको छ, कहाँ छ जिल्लाको एड्स समन्वय समिति ? खोज्न मन लागेको छ, कहाँ छन एड्स संक्रमितको नाममा खोलिएका संस्थाहरु ? भन्न मन लागेको छ, कता लुकेका छन स्वनामधन्य मानवतावादीहरु अनि बाल अधिकारवादीहरु ? वर्षको एक चोटी एड्स दिवस मनाउदैमा कर्तव्य पूरा हुन्छ ? अनि लोकतान्त्रिक चोकमा वर्षमा एक चोटी मैनबत्ति प्रज्वलित गरेर एड्सको संक्रमण रोकिन्छ ?

के भगवतीहरुको शिक्षार्जन गर्ने अधिकार कुनै बोर्डिङ स्कूलले कुण्ठित गर्न पाउँछ ? राज्यको कुनै जिम्मेवारी छैन ? सरोकारवालाहरुले भगवती र भगवती जस्ता असहाय बालबालिकाको उचित व्यवस्थापन गर्न जरुरी छ । उनिहरुको स्वास्थ्योपचार, पठनपाठन, खानपिन आदिको जिम्मेवारी राज्यले लिनु पर्छ ।

के रोग लागेको छ मलाई र के को औषधी खाँदै छु भन्ने थाहा छैन भगवतीलाई । उनलाई यति थाहा छ, राम्रो हुनलाई औषधि खाईरहनु पर्छ । उनि नियमित औषधि सेवन गर्न चनाखी छिन् । समय समयमा अस्पताल जान छुटाउदिनन् । अलि जान्ने बुझने हुँदै गएपछी ‘यसकारण पो मलाई समाजले घृणा गर्दो रहेछ, त्यसैले पो मलाई अछुतको व्यवाहार गर्दो रहेछ’ भनेर बुझदा कति आत्मग्लानि होला उनलाई । सोचौँ, विचार गरोँ र उनप्रति मानवोचित व्यवहार गरौँ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *